च्याउ खेतीमा भबिष्य खोज्दै बस्नेत दम्पत्ती(भिडियो सहित)

धनकुटा । घर नजिकै बनाएका टनेलहरु । यही टनेलमा लगाएको च्याउ खेती । च्याउखेतीमै रमाई रहनु भएका धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ का चुईन्द्र बस्नेत र उहाँकी श्रीमती टिका बस्नेत । बस्नेत दम्पतीलाई यतीबेला च्याउँ खेती गर्न भ्याईनभ्याई छ ।

बिहान सबेरै च्याउ टिप्नु हुन्छ । अनि त्यो च्याउ बजार बजारमा पुर्याउनु हुन्छ । बाकि रहेको समय त्यहि च्याउ स्याहार्दै बित्ने गरेको छ ।

च्याउखेती रोजेपछी आम्दानीको गतिलो स्रोत बनेको छ । ४ बर्ष अघि बिष्णु एग्रोफर्म दर्ता गरी व्यवसायिक रुपमा च्याउखेती गर्दै आएका उहाँले ६ वटा टनेलबाट दैनिक दुई सय देखि ३ सय केजी च्याउ उत्पादन गर्दै आउनुभएको छ ।

आफ्नो दैनिकी च्याउमै बित्ने गरेको उहाँको भनाई छ । “दैनिक तिन सय किलो सम्म उत्पादन हुन्छ टिपेर बिक्रि गर्दा दिन बित्छ आम्दानी पनि राम्रै छ बिदेशमा गरिने दुख यहि गर्दा यहाँ पनि रामै हुन्छ भन्ने अनुभब भयो” बस्तेत भन्नु हुन्छ ।

युवाहरु रोजगारको खोजीमा विभिन्न देश पुग्ने गरेका छन तर, बस्नेत दम्पतीले गरेको लोभ लाग्दो च्याउखेती एक उदाहण बन्नु भएको छ । त्यसो चुइन्द्र पनि रोजगारको खोजीमा मलेसिया र कतार पुग्नुभयो । दु:ख धेरै तथा राम्रो कमाई नभएपछि गाउँमै फर्कनुभयो । गाँउ फर्किएर ३० लाख रुपैयाँको लगानी च्याउखेती सुरु गरेका उहाँले यतीबेला राम्रो आम्दानी गर्दै आउनुभएको छ । बजारमा २ सय ५० रुपैयाँले बिक्री हुँदै आएको च्याउ बिक्रीबाट एक सिजनमा १० लाखसम्म आम्दानी हुँदै आएको उहाँहरुको भनाई छ ।

विदेशी भूमिमा गर्ने श्रम र मेहनत आफ्नै गाउँमा गर्ने हो भने रोजगारको लागि भौतारिनु पर्दैन भन्ने उदाहरण यी दम्पती बन्नु भएको छ । फर्ममा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पुर्याउने र फर्मको हेरचाह गर्नमै दिन बित्ने गरेको छ । च्याउको साथमा तरकारी खेतीबाट पनि राम्रो आम्दानी हुँदै आएको र व्यवसायबाट सन्तुष्ट मिलेको उहाको श्रीमती टिका बस्नेतले बताउनु हुन्छ ।

कोशी राजमार्गको छेउमा फर्म रहेकाले बजारको समस्या छैन । यहाँ उत्पादन भएको च्याउस्थानीय बजार,जिल्ला सदरमुकाम र तेह्रथुमको बसन्तपुर,शुक्रबारे लगायतका बजारमा बिक्रि हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।