धरानमा कवि शिरोमणिको जन्मजयन्ती

धरान, १५ पुस : कविशिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका.–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरेर कविवरको जन्मजयन्ती मनाइएको छ ।

कविशिरोमणि साहित्य साधना समाजको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका पूर्वप्रमुख प्राडा गोविन्द सुब्बा तुम्बाहाङ्को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाली साहित्यको श्रीवृद्धिमा कवि पौड्यालले अतुलनीय योगदान गर्नुभएको उल्लेख गर्दै उहाँले कविवरको योगदान युवा पुस्ताले बिर्सन नहुने बताउनुभयो ।

कार्यक्रमका अतिथि प्रा डा टङ्कप्रसाद न्यौपानेले कविशिरोमणि पौड्याल जीवनकालमै रथयात्रा गरिएका पहिलो साहित्यकार हुन् भन्नुभयो । त्यस्तै अर्का अतिथि प्रा डा गोपाल भण्डारीले नेपाली साहित्याकासका उज्ज्वल नक्षत्र पौड्यालले अमर कृति एवं सार्वकालिक रचनाका कारण कविशिरोमणिको उपाधि पाउनुभएको बताउनुभयो । उहाँका कवितामा मानव जीवनका विविध पक्ष समेटिएका उहाँले बताउनुभयो । कार्यक्रममा प्रा डा खेम दाहाल, प्रा डा वंशीधर कट्टेलले कविशिरोमणिका विविध रचना वाचन गर्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष सिद्धिकर्ण शर्माले हरेक वर्ष लेखनाथको सम्झनामा उहाँको योगदानको चर्चा गर्दै जन्मजयन्ती मनाउने गरिएको बताउनुभयो । जन्मजयन्तीकै अवसरमा आगामी माघमा कविता प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।