ड्राइभर चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुडेपछि…

एजेन्सी । हलिउड फिल्म अनस्टपेबलको दृश्यमा जस्तै भारतमा गत आइतबार एउटा घटना भएको छ र ५३ वटा डिब्बा भएको रेल ड्राइभर बिना नै ८० किलोमिटर गुडेको छ ।

रेल चालक चिया खानका लागि स्टेशनमा झरेको बेलामा रेल एक्कासी गुडेको हो । ड्राइभर बिनाको रेल ९० किलोमिटर प्रतिघण्टाको गतिमा जम्मुको कठुवाबाट पन्जाबको हासियारपुरसम्मको ओरालोमा गुडिरह्यो ।

पन्जाबमा उकालोमा रोकिने बेलासम्म रेलले ८० किलोमिटर दूरी पार गरिसकेको थियो। रेल आफैं रोकिएका कारण हलिउड फिल्ममा जस्तो हिरोहरु रेल रोक्नका लागि दौडिनु परेन र रेलवे कार्यालय र अधिकारीहरुको सावधानीका कारण दुर्घटना पनि हुन पाएन ।

उक्त घटनामा सो रेलका दुईजना चालकसहित ६ जनलाई निलम्बन गरिएको छ र घटनाको अनुसन्धान सुरु गरिएको छ। निलम्बन हुनेमा दुई चालकसँगै स्टेशनका सुपरिटेन्डेन्ट, पोइन्ट म्यान र अर्का अधिकारी छन् ।

बिहान ७ बजेर २५ मिनेटमा आफै गुड्न थालेको रेल ९ बजेमात्रै रोकिएको थियो ।

ढुंगा बोकेको उक्त कार्गो रेल डेढ घण्टासम्म आफैं गुडेको भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

उक्त डिजेल इन्जिनयुक्त रेलका ड्राइभरहरु कठुवा स्टेशनमा चिया खान झर्ने बेला इन्जिन बन्द गर्न बिर्सेछन् । जसका कारण ड्राइभरहरु बाहिर झरेर चिया पिउँदै गर्दा रेल आफैं गुड्यो र पठानकोटतर्फको ओरालोमा निरन्तर गुडिरह्यो । त्यस अगाडिका हरेक स्टेशनमा रेल रोक्नका लागि काठका मुढाहरु राखिए पनि सफल हुन सकेन ।

करिब ८० किलोमिटर गुडिसकेपछि पन्जाबको उँजी बस्सीको उकालोमा रेलको गति कम भएको बेला एकजना रेल चालक सो रेलमा चढेर आकस्मिक ब्रेक तानेर रेल रोक्न सफल भए ।

त्यसअघि चालक बिना अनियन्त्रित भएर रेल गुडिरहेको सूचना रेलवे कार्यालयले जम्बु जालन्धर खण्डका सबै स्टेशनहरुमा गराएको थियो । त्यसक्रममा उक्त खण्डमा चल्ने सबै रेलसेवा बन्द गरिएको थियो भने सो रेललाई सीधा गुडिरहनका लागि सबै क्रसिंगहरु बन्द गरिएको थियो । साथै रेलमा बिजुली आपूर्ति गर्ने केबलको स्वीच बन्द गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।