बट्टाईको अण्डा खानु भएको छ ? यस्ता रोगको लागि ओखती हो अण्डा

एजेन्सी । नेपालमा बट्टाई पालन निकै फस्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक मानिन्छ।नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन् ।

तीमध्ये ‘कमन क्वेल’ बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ। आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ । बट्टाईलाई कागुनोको दाना खुवाइन्छ। अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ।

यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ। बजारमा पाइने बट्टाईको अन्डामा अन्य पक्षीको अन्डामा भन्दा धेरै पौष्टिक आहार पाइने गरेको छ। संसारभर नै अण्डा खाने प्रचलन रहेको छ । विभिन्न पक्षीहरुको अण्डालाई उसिनेर वा विभिन्न परिकार बनाएर खाने गरिएको छ । आज हामी बट्टाईको अण्डा खाँदा हुने फाइदाहरुको बारेका कुरा गर्दैछौँ ।

बट्टाईको अण्डामा पोषण तत्व एकदमै बढि हुन्छ । बट्टाईको अण्डामा भिटामिन ए, बी, डी र बी १२, लुटिन तथा जिएजेनथीन अधिकमात्रामा हुन्छ । यी भिटामिन आँखाका लागि एकदमै लाभदायक मानिन्छ ।बट्टाईको अण्डा खाँदा दम, निमोनिया, रुखाखोकी र ग्याष्ट्रिक नियन्त्रण गर्न सकिने विज्ञहरु बताउँछन् । बट्टाईको अण्डा सुगर र ब्लड प्रेशरका लागि रोगीका लागि पनि फाइदाजनक हुन्छ ।

शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि बट्टाईको अण्डा लाभदायक रहेको छ ।बट्टाइको अण्डाले मृगौला, कलेजो र गलब्लाडर स्वस्थ राख्न मद्दत गर्छ । हड्डी मजवुत बनाउन, छालालाई एलर्जीबाट बचाउँन, रगत शुद्धिकरण र हेमोग्लोविनको मात्रा बढाउन पनि बट्टाईको अण्डा सेवन गर्नु फाइदाजनक छ ।

बालबालिकाको शारिरिक वृद्धिमा, स्मरण शक्ति बढाउन, रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्न र चोटपटक चाँडो निको पार्न पनि बट्टाईको अण्डा खानु फाइदाजनक हुन्छ ।

बट्टाईको अन्डा कसरी खाने? साधारणतया: बट्टाईको अन्डा काँचो खाँदा राम्रो मानिछ, किनकी यसमा जति पोस्टिक तत्व काँचोमा हुन्छ, त्यति पाकेकोमा हुँदैन। काँचो अन्डा खाँदा खासै स्वाद नहुने हुँदा सुन्तला, आँप या भुइँकटहरको जुसमा फिटेर खाँदा राम्रो मानिन्छ तर अन्डा भने ताजा हुन जरुरी छ ।

बट्टाईको अन्डामा कुखुराको भन्दा चार गुणा ज्यादा प्रोटिन हुने हुँदा यसका विभिन्न परिकार बनाएर खान सकिन्छ। बट्टाईको अन्डाबाट विभिन्न सुप, सलाद, मेन कोर्स र क्यानपी, स्टुहरु बनाउन सकिन्छ। यसलाई उसिनेर बिहानको खाजाको रुपमा पनि लिन सकिन्छ। यसलाई अम्लेट या पोच गरेर पनि सहज रुपमा खान सकिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।