प्राज्ञिक विद्यार्थी परिषद् कोशी प्रदेश अध्यक्षमा कार्की र सचिवमा लोहार निर्वाचित

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दमकमा परिषद्को चौथो प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नयाँ कार्यसमिति गठन गर्नका साथै विभिन्न विषयसँग सम्बन्धित भएर सुझाव संकलन तथा छलफल भएको थियो ।

परिषद्को चौथो अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित गरेको छ । यस्तै सचिवमा जितेन लोहार (धनकुटा), उपाध्यक्षमा इन्द्र रावत (भोजपुर), फुरी शेर्पा (सोलुखुम्बु), रत्न श्रेष्ठ (धनकुटा) र युवराज गुरागाईँ (इलाम) लाई निर्वाचित गरेको छ ।

यस्तै सह–सचिवमा मुना विष्ट (सुनसरी), नरेश ताजपुरीया (मोरङ), प्रविना राई (ओखलढुङ्गा) र कृष्ण गिरी (भोजपुर) निर्वाचित भएका छन् । यसैगरी कोशी प्रदेश छात्रा प्रमुखमा पुजा ढुङ्गाना (तेह्रथुम), सह–छात्रा प्रमुखमा जयन्ती पाख्रिन (सुनसरी) निर्वाचित भएका छन् भने जनजाती कार्य प्रमुखमा नगेश कुलुङ राई (सङ्खुवासभा) निर्वाचित भएका छन् ।

यस्तै व्यवस्था प्रमुखमा मनिप ओझा (मोरङ), मिडिया प्रमुखमा मोहन ढकाल (भोजपुर) निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा अभिषेक पोखरेल (मोरङ), भावना गुरुङ (मोरङ), मौसम राई (मोरङ), मनिता ढकाल (भोजपुर), लिला गौतम (ओखलढुङ्गा), चन्द्र कुमार कार्की (धनकुटा), जनक रसाइली (सोलुखुम्बु), सुरेन्द्र मेहता (सुनसरी), निरोज ठाकुर (सुनसरी) र सन्देश राई (सङ्खुवासभा) निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले परिषद्ले हरेक क्षेत्रमा सकारात्मक कार्य गरिहेको भन्दै यसलाई निरन्तरता दिइरहनुपर्ने बताए । अधिवेशनमा दुई सय प्रतिनिधिसहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।