जन्म कैद सजाय भएका फरार प्रतिवादी १६ वर्ष पछि पक्राउ

मोरङ, चैत ७ । कर्यव्य ज्यान मुद्धामा जन्म कैद सजाय भएका ३ जना फरार प्रतिवादीलाई १६ वर्ष पछी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका- १ का ४८ बर्षीय जित बहादुर राई, ४१ बर्षीय गंगा भन्ने ज्ञान बहादुर राई र ४० बर्षीय लक्ष्मण राई रहेका छन् ।

हिजो इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका- १ र झापाको काँकरभिट्टाबाट पक्राउ गरेको हो । उनिहरुले मिति २०६४ जेठ २० गते राती सोहि स्थान बस्ने हर्कराज राईको घर पैँचोमा विवाद हुँदा ३८ बर्षीय सन्तोष राईलाई लाठ्ठी, भाटाले कुटपिट गरी हत्या गरेको र हत्या पश्चात शवलाई केमुना भंज्याङको जंगलमा खाल्डो खनि पुरेका थिए ।

उक्त घटनामा पक्राउ परेका उनिहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भई फरार रहेका थिए ।

पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत मोरङ उपस्थित गराईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖