नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा मोरङको बूढीगंगा गाउँपालिका ६ को स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा ३ सय २५ जना स्थानीयले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

शिविरको उद्घाटन वडाध्यक्ष दिलीप चौधरीको साथमा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गरे । शिविरमा आएका सबै विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क ल्याब, निःशुल्क औषधि र परामर्श दिएको थिए । किड्नी, उच्चरक्तचाप, मधुमेह, फोक्सो र हृदयरोगलगायतका अन्य रोगहरुका बिरामीहरुको परिक्षण र उपचार गरिएको थियो । विद्यार्थीहरुलाई स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमसमेत शिविरमा संचालन गरिएको थियो ।

इसीजी, इको कार्डियोग्राफी, रगत परीक्षणलगायतको परीक्षणसमेत निःशुल्क गरिएको थियो । जुन अन्य अस्पतालमा उपचार गर्दा झण्डै आठ हजार रुपैयाँभन्दा माथिको परीक्षण रहेको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले बताए ।

केएचडीसीको सहकार्यमा मोरङका जिल्लाका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन भइरहेको छ । यस्तै शिविर अन्य जिल्लाहरुमा समेत आयोजना गरिने छ । केएचडिसीका प्रमुख डा. संजिव शर्माले पहिलोपटक नोना कोइराला स्मृति प्रतिष्ठानसँग सहकार्य भएको र अब अन्य सहकार्यसमेत गर्दै जाने बताए ।

महासचिव श्रीवास्तवले शिविरमा उपचार गराएका मध्ये ५० प्रतिशतमा मधुमेहको समस्या देखिएको बताए । प्रतिष्ठानले केही समयभित्रनै मोरङको अन्य ग्रामीण क्षेत्रमा पुनः यस्तै कार्यक्रमको आयोजना गर्ने जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖