पाख्रीबासमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु

धनकुटा । धनकुटाकाे पाख्रीबासमा दुई दिने बृहत् नि: शूल्क स्वास्थ्य शिविर शुरु भएकाे छ । पाख्रीबास नगरपालिका र नाेबेल टिचिङ हस्पिटल विराटनगरकाे संयुक्त आयाेजनामा सञ्चालित बृहत नि:शुल्क स्वास्थ शिविर उत्तरपानीमा सञ्चालन भईरहेकाे हाे।

स्वास्थ शिविरकाे आज पहिलो दिन ३ सय जना सर्वसाधारणले स्वास्थ्य जाँच गराएकाे पाख्रीबास नगरपालिकाका स्वास्थ शाखा प्रमुख बसन्त निराैलाले जानकारी दिनु भयो ।

जिल्लाकाे पाख्रीबास नगरपालिका वडा नं ९ र १० सहित धनकुटा नगरपालिकाकाे ९ र १० का जनतालाई नै लक्षित गरि आयोजना गरिएकोे शिविरमा नाेबेल मेडिकल कलेज ,टिचिङ हस्पिटल विराटनगरका २४ जना चिकत्सककाे टाेलिले स्वास्थ जाँच तथा स्वास्थ सम्बन्धि परामर्श सेवा दिईरहेका छन् । स्वास्थ्य शिविरकाे उद्घाटन पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङले गर्नु भएकाे थियाे ।

शिविर उद्घाटन कार्यक्रम पाख्रीवास ९ का वडाध्यक्ष सम्झना आलेकाे अध्यक्षतामा भएकाे थियाे । स्वागत मन्तव्य नगरपालिकाका प्रमुख प्रशनसकीय अधिकृत खगेन्द्र सुवेदीले राख्नु भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन गाेकुल घिमिरेले गर्नुभएकाे थियाे । शिविरमा प्रसुती तथा स्त्रि राेग, हाड जाेर्नि तथा नशा सम्बन्धि,शल्यक्रिया सम्बन्धि परामर्श लगायतका सेवा दिईरहेकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖