धनकुटा जिल्लालाई गरियो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

धनकुटा,२५ असार । धनकुटा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका ५९ महिनासम्मका सबै बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि मंगलबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्लाका ५९ महिनाभित्रका ६ हजार ६ सय ९३ जना बालबालिकालाई विभिन्न १३ प्रकारका खोप लगाइसकेपछि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।

यस अघि जिल्लास्थित स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेपछि मंगलबार जिल्लालाई समेत घोषणा गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राई, प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेल, प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेत ,धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधि ,सुरक्षा निकायका प्रमुख पत्रकार तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।