कोशी प्रदेशसभाका विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

विराटनगर । कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । विषयगत समितिका सभापतिहरुको निर्वाचन तालिकाअनुसार विहिबार मनोनय दर्ता र आज निर्वाचन हुने तालिका रहेको थियो ।

तालिकाअनुसार न्याय, प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाईं, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा होमबहादुर थापाले मनोनयन दर्ता गराएका थिए ।

प्रत्येक समितिमा १-१ जनाले मात्र मनोनय दर्ता गरेकाले उनहरु निर्विरोध निर्वाचित भएको कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । समितिका सभापतिहरुमा नेकपा (एमाले) र नेपाली कांग्रेसका ३-३ जना र नेकपा माओवादी केन्द्रका एक जना निर्विरोध निर्वाचित भएका छन् ।

दलहरुबीच भएको भागबण्डामा एमालेका होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति  र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति बनेका छन् ।

त्यस्तै काँग्रेसबाट सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापति विनोद वान्तवा राई बनेका छन् । त्यसैगरी माओवादीले सार्वजनिक लेखा समितिको सभापति पाएको छ र राजन किराँती सभापति बनेका छन् ।

आज बस्ने प्रदेश सभा बैठकले समितिका सभापति निर्वाचित भएको औपचारिक घोषणा गर्ने छ ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।