कथामा के छ ?(कविता)
कविता
✍️अर्जुन दाहाल
कथामा के छ?
शास्त्रका कथामा
कथा सुनेर मुक्तिका चर्चा पाइन्छन
अब प्रसङ्ग बदलौं
कस्तो कथा छ त?
कथा छैन मुक्ति सुनाउने
मात्र छन त केही प्रसङ्ग
कसरी पूजा उपचार गरेर
मुक्ति पाए भन्ने।
मुक्ति पाउन कुन कथा सुन्ने त
यस प्रश्नको उत्तर विरलै पाइन्छ
बरु पात्रका कथा देखिन्छन ।
के महादेवले पार्वतीलाई
धुन्धुकारी को कथा भएको भागवत सुनाए त?
के विष्णुले पार्वतीलाई
चन्द्रावती कथा सुनाएर
स्वस्थानी माहात्म्य पढाए?
अवश्य पढाएनन।
त्यसैले कुन कथा सुनेर
अन्य कथा बने
भन्ने कुरा अठार पुराणमा
व्यास बाजेले नलखेर
कलियुगेलाई चुना लगाए ।
–गौरादह ३,झापा


