पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना

काठमाडौँ, १४ कात्तिक : पछिल्लो तीन महिनामा देशभरमा प्रेस स्वतन्त्रता हननका १९ घटना भएका छन् । प्रेस काउन्सिल नेपालमा आएका उजुरी र नियमितरूपमा हुँदै आइरहेको मिडिया अनुगमनका आधारमा यी घटना अभिलेखन गरिएको हो ।

पछिल्लो तीन महिनामा भएका यी घटनामध्ये धम्कीका घटनाहरू सबैभन्दा बढी ११ वटा रहेका छन् । यस्तै आक्रमण/कुटपिटका घटना चार, पेसागत असुरक्षा दुई, कब्जा/अवरोध र गिरफ्तारीे प्रयासको घटना एक/एक रहेका छन् । प्रदेशअनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा नौ घटना भएको छ । यस्तै मधेस प्रदेशमा पाँच, गण्डकीमा दुई तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक घटना भएका छन् । यो अवधिमा भएका घटनामा १७ पुरुष र दुई महिला पीडित भएको पाइएको छ ।

काउन्सिलले नियमितरूपमा प्रेस स्वतन्त्रताको अवस्थाबारे मिडिया अनुगमन गर्दै आएको छ र प्रेस स्वतन्त्रता अनुगमन कार्यविधि, २०८० अनुसार तीन–तीन महिनामा सार्वजनिक गर्दै आएको छ । गत वर्ष प्रेस स्वतन्त्रता हननका ७९ घटना अभिलेखन भएको थियो ।

प्रेस काउन्सिल नेपालले कानुनले दिएको जिम्मेवारीअनुरूप देशभरका सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाबारे नियमित अनुगमन गरिरहेको छ । प्रेस स्वतन्त्रतालाई रक्षा गरी मिडिया प्रवर्धनमा सघाउन विभिन्न क्रियाकलाप गर्दैआएको छ । यस्तै, काउन्सिल प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन समेत सदैव सचेत रहँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖