नेपाल मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले  मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी नि:शुल्क चिकित्सालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

‘मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,’ उनले भने। परस्परको सहयोगले आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने पनि उनले बताए। 

कार्यक्रममा  काठमाडौंस्थित चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरिएको छ। उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकोमा आभार व्यक्त गरे। 
२०१६ सालमा लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चिकित्सालय अहिले सुविधासम्पन्न अस्पतालकै रूपमा विकास भएकोमा सिंहले खुशी व्यक्त गरे। 

‘पूर्खाले समुदायमा उपचारका लागि सानो कामबाट सुरू गरेको काम अहिले सुविधासम्पन्न अस्पतालको स्वरूपमा आइपुग्दा खुशी लागेको छ,’ सिंहले भने।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै  आगामी दिनमा सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖