अन्तर्राष्ट्रिय आप्रवासी दिवस : “सुरक्षित आप्रवासनको आधारः सूचना र सीप सहितको रोजगार”

काठमाडौ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस (डिसेम्बर १८) “सुरक्षित आप्रवासनको आधारः सूचना र सीप सहितको रोजगार” भन्ने राष्ट्रिय नारासहित विभिन्न कार्यक्रम गरी मनाईदै छ । यस अवसरमा गैरआवासीय नेपाली संघ हार्दिक शुभकामना व्यक्त गर्दछ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन २०२४ अनुसार, विश्वभर २८.१ करोड आप्रवासी छन्, जसमध्ये १६.९ करोड आप्रवासी श्रमिक छन् । आप्रवासी अधिकार संरक्षणको लागि संयुक्त राष्ट्र संघले १९९० मा महासन्धि पारित गरी २००३ मा लागू गरेको थियो ।

विश्वव्यापीकरणसँगै एक देशबाट अर्को देशमा जानेको संख्या मात्रै होइन समस्या पनि बढ्दो छ । रोजगारीमा ठगी, बाध्यकारी श्रम, शोषण, यातना, प्रभावकारी उजुरी संयन्त्रको अभाव, गन्तव्य मुलुकहरुमा रहेका सरकारी नियोगहरुबाट अपेक्षित समयमै समस्याको सम्बोधन हुन नसक्नु, वैदेशिक रोजगारीमा जाने नागरिकहरु ठगीमा पर्नु, नेपाल सरकारद्वारा लागू गरिएका नीतिनियमहरु प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु, घरेलु श्रमिकहरुमाथिको बन्देज, र सो अवस्थाले गैरकानूनी बाटो रोज्न बाध्य हुने वातावरणको सिर्जना हुनु, वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको मृत्यु, दुर्घटना, अलपत्र तथा समस्यामा परेका श्रमिकहरुको समयमै उद्धार तथा स्वदेश फिर्ति हुन नसक्नु, आप्रवासी श्रमिकहरुको स्वास्थ्य समस्या, आप्रवासी महिला श्रमिकहरुले भोग्नु परेको हिंसा, यौन दुव्र्यवहार तथा श्रम शोषण जस्ता समस्याहरु थप विकराल बन्दै गएका छन् ।

आवश्यक सूचना नदिइने, तालिम सञ्चालनमा लापरबाही र स्वास्थ्य परीक्षण सम्बन्धी समस्या, अनुगमनको अभाव लगायतका समस्या पनि आप्रवासी नेपाली कामदारले झेलिरहेका छन् । मध्यपूर्वमा विद्यमान समस्या अब यूरोपतर्फ अझ जटिल रुपमा मोडिएका छन् । यसैगरी, कयौं नेपालीहरुले युरोप अमेरिका छिर्ने नाममा गैरकानूनी रुपमा गलत बाटो हुँदै अन्तर्राष्ट्रिय सीमा पार गर्ने क्रममा ज्यान गुमाएको तितो सत्य पनि हामी सामु छ । यूरोपमा आकर्षक तलबसहितको कामको मोह देखाएर ठगी गर्नेको जमात बढ्दो छ र ठगिने श्रमिकहरुको संख्या पनि उल्लेख्य छ । जसका कारण अवैधानिक रुपमा विदेशमा बस्न नेपालीहरु बाध्य छन् ।

वैदेशिक रोजगारी र आप्रवासी श्रमिकका यी समस्या न्यूनिकरणका लागि संघले स्थापनाकालदेखि नै जिम्मेवारीपूर्वक काम गर्दै आएको छ । आप्रवासनमा गएका र विविध कारण अवैधानिक रुपमा विदेशमा बसोबास गर्ने नेपाली श्रमिकको संख्या उल्लेख्य रहेकोले संघले ति कामदारलाई स्वदेश फिर्ता ल्याउनेदेखि स्वदेशमा आइसकेपछि पनि पुर्नएकिकरण गर्दै स्वरोजगार बनाउन विभिन्न योजनाहरु अघि सारेको छ । ती योजना कार्यान्वयनका लागि संघले नेपाल सरकारसहित सरोकारवाला निकायसँग सहकार्य र कानूनी तथा नीतिगत सुधारको माग गर्दै आएको छ । यसका साथै, संघले विश्वभर छरिएका नेपालीहरुको सहयोग उद्धारको लागि अन्तर्राष्ट्रिय आप्रवासी सम्बन्धी संस्थाहरुसँग सहकार्य गर्दै आएको छ । आगामी दिनमा समेत संघ आप्रवासीका चुनौतीहरुलाई चिर्नको लागि सम्बन्धित पक्षसंग सहकार्य गर्दै हातेमालो गरेर अघि बढ्ने नै छ ।

पछिल्लो समय विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा नेपालीहरु जोखिमयुक्त अवस्थामा रहेका छन् । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई सरकारका नीति, नियम तथा प्रयासहरु केन्द्रित हुनु आवश्यक देखिन्छ ।

नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले ठूलो योगदान पुर्याएको छ । आर्थिक वर्ष २०८०/८१ मा १६.५% वृद्धि हुँदै रू. १४ खर्ब ४५ अर्ब ३२ करोड विप्रेषण नेपाल भित्रिएको छ । वैदेशिक रोजगारीले गरिबी निवारण, मानव विकास सूचक सुधार, र परिवारको आर्थिक जोखिम न्यूनीकरणमा मद्दत गरेको छ ।

अतः वैदेशिक रोजगारीमा गएकाहरुले देशको अर्थतन्त्रलाई पुर्याएको योगदानको सम्मानस्वरुप पनि सरकारले आप्रवासी श्रमिकको हक, हित र अधिकारको संरक्षणका लागि नीतिगत रुपै कदम चाल्नु जरुरी छ । जसमा यस संघको सहकार्य सदाझैँ रहने छ ।

अन्त्यमा, यस दिवसका अवसरमा सम्पूर्ण आप्रवासी श्रमिकमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।