सभापति कपको उपाधिमा संकटा र आयोजक बागमती दुवैको दावी

काठमाडौं, १७ माघ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौंमा जारी सभापति कप फुटबलको फाइनल खेल्नै दुवै टिमले उपाधि जित्ने दावी गरेका छन् । 

 

उपाधिका लागि विहीबार साँझ साढे ५ बजे संकटा क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)बीच प्रतिस्पर्धा हुने छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मिडिया सेन्टरमा भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमले पहिलो संस्करणको उपाधि जित्दै इतिहास बनाउने लक्ष्य लिएको बताए ।

 

पत्रकार सम्मेलनमा संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले उपाधि जितेपछि ट्रफी सानो वा ठूलो नहुने बताए । पहिला क्वाटरफाइनल र सेमिफाइनलमा राम्रो गरेकाले सम्पूर्ण टिमको पनि मोरल हाइ रहेको उनको भनाई छ ।

 

फाइनलमा खेल्ने विपक्षी टिमको दुवै खेल हेरेको बताउँदै त्यसकै आधारमा रणनीतिका साथ मैदान उत्रिने पनि शिलाकारले बताए ।  संकटाका कप्तान दीप कार्कीले फाइनल जित्नकै लागि मैदान उत्रिने बताउँदै तयारी राम्रो रहेको उल्लेख गरेका छन् ।

 

 
यसैगरी, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) टिमका कप्तान विकेश कुथुले संकटा सेट टिम भएको बताउँदै आफूहरु पनि कडा चुनौती दिन तयार रहेको बताए । आफूहरुले पनि विपक्षीलाई कमजोर नठान्ने पनि उनले बताए ।  प्रशिक्षक प्रकाश बैद्यले यसअघि देखिएका कमजोरीहरुमा सुधार गर्दै फाइनल जित्ने लक्ष्य रहेको सुनाए । निर्धारित ९० मिनेटभित्रै नतिजा निकाल्ने गरी मैदान उत्रिने लक्ष्यमा रहेको पनि उल्लेख गरे । 

फाइनल खेल विहीबार साँझ साढे ५ बजेदेखि सुरु भए पनि अपरान्ह ४ बजेदेखि रंगशालामा झाँकीसहितको प्रस्तुती रहेने आयोजकले जनाएको छ । 

 

प्रतियोगिताको विजेताले नगदै २६ लाख र उप विजेताले नगदै १३ लाख प्राप्त गर्ने छ । यसै गरी दैनिक प्लेयर अफ दी म्याचले १५ हजार पाउँदै आएका छन् भने प्रतियोगिताको फाइनल पछि सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ । 

फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म रु एक सय र रु दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖