प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीबिच भेटबार्ता

काठमाडौं, १७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीसहितको टिम बिच भेटबार्ता भएको छ ।

 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा सो भेटघाट भएको हो । प्रकाश सापकोटाको अध्यक्षतामा नयाँ केन्द्रिय कार्यसमिति चयन भएको हो ।
 

‘आज विहान खुमलटारमा अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरूसङ्ग भेट भयो, आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित नौजवान युवाहरूको उर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवा गर्न सहि ढंगले प्रयोग हुने विश्वास लिएको छु,’ अध्यक्ष प्रचण्डले सो भेटबार्ता पछि भने, ‘ सम्पुर्ण निर्वाचित टिमलाई पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’

 

उनले अगाडी भने, ‘विद्यार्थी आन्दोलनबाट विदाई भएका सबै युवा कमरेडहरूलाई पार्टीका विभिन्न भुमिकामा रहेर क्रियाशिल हुन आग्रह गर्दछु।’ साथै, 
सम्मेलन सफल पार्न अहोरात्र खट्ने निर्वाचन आयोग र समिति, सम्पुर्ण पार्टी पंक्ति, युवा तथा अन्य जनसंगठन, सुरक्षाकर्मी र पत्रकारहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖