जन्मथलोमा गायक रामकृष्ण ढकाललाई ‘गायन सम्राट’ को उपाधि

काठमाडौं, १८ माघ ।नेपाली रंगमञ्चका गायक रामकृष्ण ढकाललाई धेरैले लोकप्रिय, सर्वप्रिय र सदाबाहार जस्ता उपनाम दिने गरेको पाइन्छ । तर उनकै जन्मथलो निजगढमा भने ढकाललाई ‘गायन सम्राट’ उपनाम दिइएको छ । 

 

निजगढ उद्योग बाणिज्य संघको आयोजना भइरहेको “प्रथम निजगढ महोत्सव– २०८१” मा आफ्नो प्रस्तुति दिन निजगढ आएका गायक ढकाललाई निजगढ नगरपालिकाको तर्फबाट प्रदान गरिएको सम्मान पत्रमा ‘गायन सम्राट’को उपाधि दिइएको हो ।

 

 नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले हस्ताक्षर गरेर प्रदान गरेको सम्मान पत्रमा भनिएको छ– ‘नेपालको प्रसिद्ध क्षेत्र बाराको निजगढमा जन्मिएर बाल्यकालदेखि नै नेपाली साङ्गीतिक क्षेत्रमा अतुलनीय योगदान दिँदै करिब चार दशकदेखि अविच्छिन्न रूपमा योगदान दिइरहनुभएका तपाई श्री रामकृष्ण ढकालको नाम देशदेशावरमा फैलिएको छ ।’ अगाडि भनिएको, ‘संसारभर छरिएका नेपालीहरूमाझ गीत सङ्गीतलाई पु¥याउन यहाँले गर्नुभएको अतुलनीय योगदानप्रति यो क्षेत्र सदैब कृतज्ञ र ऋणी रहेको छ । नेपाली गीतमार्फत सङ्गीत र संस्कृतिलाई पुस्तान्तरण गर्न र निजगढ क्षेत्रलाई सर्वत्र चिनाउन अहम् भूमिका खेल्नुभएकोमा तपाइँलाई समस्त नगरबासीको तर्फबाट सम्मान गर्न पाउँदा हामी गौरवान्वित छौं ।’ 

त्यसैगरी स्थानीय संचार गृह निजगढ टाईम्सले पनि ढकाललाई सम्मानपत्र सहित ढकाललाई ‘गायन सम्राट’को उपाधि दिएको छ । निजगढ टाईम्सका अध्यक्ष इन्दीप कोइरालाले सोही अवसरमा सम्मानपत्र सहित सो उपाधि दिएका हुन । 

कार्यक्रममा ढकालले ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस’, ‘मन पराउने हजार हुन्छन् जुनी काट्ने एउटै हुन्छ’, ‘मलाई यो जिन्दगीले कहाँ पुग्यायो कहिले हँसायो कहिले रुवायो’ जस्ता एक दर्जन गीत प्रस्तुत गरेका थिए ।

 

गीतसँगै बोल्ने क्रममा ढकालले निजगढसँगको आफ्नो सम्बन्ध बारेमा पटकपटक चर्चा गरेका थिए । ‘त्यतिबेलाका धेरै घटनाहरू अहिले त विस्मरणमा पुगिसके, उनले भने–‘तर जहाँ पुगे पनि निजगढको माटोको भने सँधै सम्झना आइ नै रहन्छ ।’ त्यसैगरी बाल्यकालमै जन्मस्थान निजगढ छोडेर अन्यत्र लाग्नुपरेकोमा उहाँले दुःख मनाउ पनि गरेका थिए ।

ढकालको निजगढ ६ सडकटोलमा ४० वर्षअघि जन्म भएको थियो । ढकाल बिहिवार बिहान आफ्नो जन्मघर हेर्न सडक टोल पनि गएका थिए । 

२०३५/०३६ सालमा निजगढको घरघडेरी बिक्री गरेर सिमरा बसाँई सरेको उहाँको परिवार त्यसपछि चितवनको जुगेडीमा बस्दै आएको थियो ।

दोस्रो पटक आफ्नो जन्ममूमिमा प्रस्तुति दिन आएका ढकालको गीत सुन्न हजारैको सख्यामा सर्वसाधारणको उपस्थिति रहेको निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेललगायत स्थानीय जनप्रतिनिधि र संगीतप्रेमीहरुको उपस्थिति रहेको थियो । 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।