प्रधानमन्त्रीको दावी : मुलुकमा आर्थिक क्रियाकलाप बढयो, देखाए यस्तो तथ्यांक

काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक गतिबिधि बढिरहेको दावी गरेका छन ।

 

हिउँदे अधिवेसनको पहिलो बैठकलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले हासिल गरेको आर्थिक उपलब्धीको तथ्याक पेश गरेका छन्  ।

 

‘हामी संसदमा पो पक्ष प्रतिपक्ष हौं त । देश विकास, सुशासन र नागरिकको जीवनस्तर उकास्ने कुरामा पनि पक्ष विपक्ष हुन्छ र ? बैंकमा लगानीयोग्य पैसा छ, तर कोही व्यवासायी ऋण लिएर किन लगानी गरिरहेको छैनन् ? विदेशवाट रेर्कड ब्रेक रेमिट्यान्स भित्रिंदा पनि किन वजारमा मागमा कमी आइरहेको छ ? घरजग्गा व्यवसाय किन सुस्तायो ?’ ओलीले संसदमा प्रश्न गरेका छन ।

 
यो अवस्थालाई सरकारले सावधानीपूवर्क नियालीरहेको जनाउँदै अध्यक्ष ओलीले भने, ‘यो ‘अवस्था परिवर्तन’ गर्न हामीले कम्मर कस्यौं– निजी क्षेत्रको मनोबल उकास्न, देशमा लगानी र व्यवासायिक वातावरण वनाउन, सुशासन र नागरिकको जीवनमा प्रभाव पार्ने वर्षौदेखि गर्न नसकिएको कानुन सुधारको काम यसपटक अध्यादेशमार्फत एकै पटक फत्ते ग¥यौं । यसप्रति म थोरै पनि नहिच्किचाई भन्न चाहन्छु– यो जनताको सरकारले जनताका लागि गरेको काम हो ।’

 

उनले अगाडी भने, ‘एउटा कुरा विनम्रताका साथ राख्न चाहन्छु, अध्यादेशको होस् वा विधेयकको विषय–वस्तु, त्यसमाथि हुने हाम्रा बहसलाई इस्यु आधारित बनाऔं, गुण–दोषका आधारमा हुने–नहुनेतिर केन्द्रित गरौं, सार्वजनिक खपतको प्रचारबाजीमा सीमित नराखौं । अब अध्यादेश संसदको सम्पत्ति भएको छ । आजका मितिबाट हामीसँग ६० दिन छ– यसलाई अस्वीकार गर्ने वा जस्ताको तस्तै पारित गर्ने । या भनौं त्यसमाथि पनि थपघट गर्नेगरी प्रतिस्थापन विधेयक पारित गर्ने– के गर्ने ? यो सम्मानित सदनको जिम्मा भयो ।’

 

संसदको बैठकमा उनले अगाडी भने, ‘मैले बताइरहनु पर्दैन, हामीले सरकारको जिम्मा लिइरहँदा देशको स्थिति जर्र्जर थियो । मैले त्यतिबेला यही संसदको रोष्ट्रममा उभिएर भनेको पनि थिएँ– २०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक अनुभव गर्‍यो । देशप्रति आम जनताको भरोसा टुटेको थियो। तिनको मनोबल नराम्ररी गिरेको थियो । विकास निर्माणका काम चौपट थिए । अर्थतन्त्र अत्यन्तै सकसपूर्ण अवस्थामा थियो ।’

 

उनी अगाडी भन्छन, ‘त्यो विकाराल अवस्थाबाट मुलुकलाई जोगाउन हामी दुई ठूला दल नेपाली काँग्रेस र नेकपा ९एमाले०को अगुवाइमा अन्य दलहरु सम्मिलित यो सरकारको निर्माण भयो, मेरो नेतृत्वमा सरकार बनेको ६ महिना नाघ्यो, मैले नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिए लगत्तै एकपछि अर्को दुर्घटना र प्राकृतिक विपत्तिले हामीलाई विथोल्यो ।’

 
‘गत असोज १० देखि १३ गते अकल्पनीय बाढी पहिरोको चपेटामा मुलुक प¥यो । जसका कारण देशभर ७ हजार १३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटनाहरु भए । प्राकृतिक विपत्तिले जनधनको ठूलो क्षति गर्‍यो । कृषिबाली, पशुचौपाया एवम् सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युत लगायतका भौतिक संरचनामा ठूलो नोक्सानी पुग्यो । तर, सरकारले ती चुनौतीपूर्ण परिस्थितिहरूलाई कुशलतापूर्वक सम्हाल्यो । परिणामस्वरूप त्यत्रो क्षतिका वावजुद पनि यस वर्ष दशैंको अवसरमा काठमाडौं छोडेर दशैंमा घर फर्कनेको संख्या अघिल्लो वर्षजस्तै करिब ८ लाख पुग्यो,’ उनले भने ।
  
उनको दावी छ, ‘मलाई लाग्छ, यो अवधिमा सरकारको काम गर्ने तरिकाले देशमा व्याप्त गहिरो निराशालाई चिर्न, जनतामा आशा र उत्साह सञ्चार गर्न, अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान हामी धेरै हदसम्म सफल भएका छौं । यद्यपि हामीले गर्न बाँकी काम धेरै छन् ।’

प्रधानमन्त्री ओलीले यसबिचमा भएका आर्थिक प्रगतिको सुचाकांक प्रस्तुत गरेका छन । ‘आँकडामा बोल्नु पर्दा हामी सरकारमा आउनुअघि र पछिका अर्थतन्त्रका केही परिसूचकको तुलनात्मक जानकारी राख्ने अनुमति चाहन्छु’ उनले तथ्यांक पेश गर्नु अघि भने ।

 

– चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले बृद्धि भएको छ । गएको आर्थिक वर्षको तुलनामा राजश्व संकलन १३ प्रतिशतले बढी छ ।

 

– नेपाल सरकारको कुल खर्च गत वर्षको यसै अवधिको तुलनामा १७.८ प्रतिशतले वृद्धि भएको छ । गतवर्ष यही अवधिमा अघिल्लो वर्षको तुलनामा यस्तो वृद्धिदर १.७ प्रतिशत मात्र थियो । 

 

– चालु आर्थिक वर्षको तुलनामा ७.१ प्रतिशतले आयात वृद्धि भएको छ । 

 

– चालु आर्थिक वर्षको ६ महिनामा वस्तु निर्यात ३१.८ प्रतिशतले बढेको छ । गएको वर्ष यसै अवधिमा ७.१ प्रतिशत मात्र बृद्धि थियो। 

 

– चालु आर्थिक वर्षको ६ महिनाामा गएको वर्ष भन्दा करिब ३५ अर्व रुपैया कर्जा बढी प्रवाह भएको छ । 

 

– चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेप्से परिसूचक २५९४ रहेको छ । गत वर्षको यसै अवधिमा २१२० रहेको थियो । 

 

– चालु आर्थिक वर्षको ५ महिनामा शोधनान्तर स्थिति वचत २ खर्व, २५ अर्व, ३४ करोड रहेको छ । गत वर्षको यसै अवधिमा २ खर्व, १६ अर्व, ५ करोड रहेको थियो । 

 

– चालु आर्थिक वर्षको ५ महिनामा विदेशी विनिमय सञ्चिति १६ अर्व, ७६ करोड अमेरिकी डलर रहेको छ । गत वर्षको यसै अवधिमा १३ अर्व ३१ करोड अमेरिकी डलर रहेको थियो। 

 

– अघिल्लो वर्षको तुलनामा ५ महिनाको कर्जा बृद्धि ४६ अर्बले बढी छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖