भोलि र पर्सि कोशीका यी ९ जिल्लामा बन्दको आव्हान

धनकुटा,१९ माघ । मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिद्वारा माघ २० र २१ गते कोशी प्रदेशका ९ जिल्ला (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा) मा बन्दको घोषणा गरेको छ ।

सो दिनसम्ममा पनि माग सम्बोधन नभए माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल गरिने समितिले प्रेस विज्ञप्तिमा जनाएको छ ।

ताप्लेजुङ मुक्कुमलुङमा गत माघ १२ गते बेलुकी सशस्त्र र जनपथ प्रहरीले मुक्कुमलुङ संस्कृतिकमीहरूमाथि बरबर दमन र गोलीकाण्डका कारण मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका माघ १५ देखिको अनिश्चितकालीन यातायात बन्दलाई आज सम्म यथावत राख्दै उक्त बन्दको आव्हान गरिएको हो ।

गिरफ्तार गरिएका संस्कृतिप्रेमीहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई बिना सर्त रिहा गर्नुपर्ने, केबलकार खारेज गर्नुपर्ने, केबलकारवाला चन्द्र ढकालले गोली लागेका घाइतेहरूको आजिबन जिवन निर्वाहको व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न माग संघर्ष समितिले राखेको छ ।

हेर्नुहोस् बिज्ञप्ति:

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖