सम्बन्धविच्छेद मुद्दाको छिनोफानोः एक वर्ष पनि टिकेन एलिना र विष्णुको सम्बन्ध

काठमाडौं, २९ माघ । गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटाविरुद्ध हालेको सम्बन्धविच्छेद मुद्दाको छिनोफानो भएको छ ।

एलिना र विष्णु कानुनी रुपमा अलग भएका छन् । एलिनाले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिईन् । उनले मुलुकी देवानी संहिता २०७४ को दफा ७५ (ग) बमोजिम सम्बन्धविच्छेद मुद्दा दायर गरेकी थिईन् । संहिताको उक्त दफाको उपदफा (ग) मा पतिले पत्नीको अंगभंग हुने वा अरु कुनै शारीरिक वा मानसिक रुपमा कष्ट हुने कुनै किसिमको काम वा जाल, प्रपञ्च गरेमा सम्बन्धविच्छेद गर्न सकिने व्यवस्था छ ।

एलिनाका दाजु प्रलाह्द चौहानले सम्बन्धविच्छेद भइसकेको खुलासा गर्दै भनेका छन्, ‘नारीमाथि अन्याय सह्य हुँदैन । प्रकृति र नारीमाथि खेल्नेहरूको पतन निश्चित छ। बिष्णु सापकोटा, तिम्रो घमण्डले तिमीलाई बलियो देखाएको हुन सक्छ, तर सत्यलाई दवाउन सक्दैन। मेरो बहिनीले तिमीबाट भोगेका शारीरिक, मानसिक र भावनात्मक यातनाको हिसाब आजबाट समाप्त भएको छ।

आजदेखि मेरो बहिनी एलिना चौहान र बिष्णु सापकोटाको सम्बन्ध कानुनी रूपमा समाप्त भइसकेको छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।