प्राधिकरणको सिइओ नियुक्तिमा गृहमन्त्रीको हस्तक्षेप, कांग्रेस नेतालाई ल्याउने तयारी

काठमाडौं, २ फागुन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख (सिइओ) मा राजनीतिक हस्तक्षेप भएको छ ।
 

गृहमन्त्री रमेश लेखकले हस्तक्षेप गर्दै मापदण्ड विपरित कांग्रेस नेता दिनेशप्रसाद भट्टलाई प्राधिकरणको सिइओमा पहिलो नम्बरमा सिफारिस गराएका हुन् ।

अन्तरवार्ताका लागि दिनेश प्रसाद भट्ट बैतडी, धर्मराज उप्रेती डडेल्धुरा, बसन्तराज अधिकारी कास्की, मन्दिप सुवेदी रोल्पा र  सुमनकुमार कर्ण मोरङ छनौट भएकोमा अन्तर्वार्ताबाट छनौट समितिले भट्टलाई पहिलो, सुमन कर्णलाई दोस्रो र मन्दीप सुवेदीलाई तेस्रो नम्बरमा सिफारिस गरेको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले तीन जना मध्ये एक जनालाई प्राधिकरणको सिइओमा नियुक्त गर्ने छ ।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्व पूर्वसचिव दीपक सुवेदी र प्राध्यापक रेश्मा श्रेष्ठ सदस्य रहेको सिफारिस समिति गठन गरिएको थियो ।

गृहमन्त्री लेखकले शुरु देखि नै कांग्रेस महासमिति सदस्यसमेत रहेका भट्टलाई नै नियुक्ति गर्ने गरि हस्तक्षेप गरेको पाइएको छ । भट्ट १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए भने ०७४ को चुनावमा कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको सिफारिसमा परेका थिए भने उनी २०७३ मा तरुण दलको महासचिवमा पराजित भएका थिए ।

प्राधिकरणको सिइओ का लागि योग्य उम्मेद्वार हुनलाई कुनै पार्टीको सदस्यता नलिएको हुनुपर्ने उल्लेख भए पनि मापदण्डलाई नजरअन्दाज गरिएको छ । भट्टसँग कलेज पढाएको बाहेक अन्य अनुभव रहेको छैन । सिफारिस भएका कर्णसँग विशेष बाढी पुनर्निर्माण आयोजना एकाइ आयोजना प्रमुखको नेतृत्व गरेको अनुभव छ भने सुबेदीसँग कलेजको एकेडेमिक डाइरेक्टरको मात्र अनुभव रहेको छ ।

सरकारले विपद् व्यवस्थापनको जिम्मेवारी विषय विज्ञता, अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न सक्ने र यस विषयमा अध्ययन गरेको व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा राजनीतिक व्यक्तिलाई ल्याउन लागिएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
 
भूकम्प र बाढीपहिरोपछिको पुनर्निर्माणको प्रमुख जिम्मेवारी रहेको विपत् प्राधिकरणमा अर्बौको बजेट हुने हुनाले यसमा राजनीतिक चलखेल भएको विश्वास गरिएको छ ।  तत्कालीन कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल गत मंसिरमा सकिएपछि प्राधिकरणको नेतृत्व अहिले सहसचिव भीष्मकुमार भुसाललाई कामु जिम्मेवारी दिएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖