धनकुटाको पाख्रीवासमा आजदेखि अन्तर वडा स्तरिय मेयरकप फुटवल प्रतियाेगिता शुरु
धनकुटा । आजदेखि धनकुटाको पाख्रीवासमा अन्तर वडा स्तरिय मेयरकप फुटवल प्रतियाेगिता शुरु भएको छ ।
पाख्रीवास नगरपािकाकाे आयाेजनामा सञ्चालित प्रतियाेगताकाे उद्घाटन खेलमा वडा नं ३ र ९ वीच भएकाे छ । यी दुई वडा वीचकाे खेलमा ० काे विरुद्व २ गाेल लगाउदै वडा नं ९ विजयी भएकाे छ ।
प्रतियाेगिताकाे उद्घाटन मेयरकप खेल व्यवस्थापन समितीका संयाेजक एवं ३ नं वडाध्यक्ष सराेज राईकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे वीच पूर्व खानेपानीमन्त्री राजेन्द्र कुमार राईले गर्नु भएकाे थियाे । कार्यक्रममा बाेल्दै पूर्वमन्त्रि राईले खेलकाे माध्यमबाट युवाहरुलाई एकीकृत गर्दै अघि बढ्नु पर्ने धारणा राख्नु भयाे।
कार्यक्रममा स्वागत मन्तव्य ४ नं वडाध्यक्ष सन्ताेष मानन्धरले राख्नु भएकाे थियाे । ७ गते सम्म सञ्चालन हुने प्रतियाेगिताका विजयी पहिलाे हुने टिमले नगद १ लाख र दाेश्राे हुने टिमले नगद ५० हजार सहित ट्रफि,मेडल र प्रमाण पत्र पुरस्कार पाउने नगरले जनाएकाे छ ।


