खोटाङको हलेसी बजारमा लागेको आगो अझै नियन्त्रणमा आएन,एक घर जलेर पूर्णरुपमा नष्ट
खोटाङ । खोटाङको हलेसी बजारमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरीका डीएसपीको कमान्डमा २० जना र सशस्त्रका प्रहरीका डीएसपीको कमान्डमा २१ जना सदरमुकाम दिक्तेलबाट हलेसीतर्फ प्रस्थान गरेका छन् ।
पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आइतबार साँझ सुरु भएको आगो निरन्तर फैलिएको छ । हालसम्म एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । अन्य दुईवटा घरमा क्षति पुपेको छ ।


