सहिदभूमि गाउँपालिकामा ८ सय २१ जना किशोरीलाई लगाइयो एचपीची खोप

धनकुटा । गत माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन भएको एचपीची खोप अभियानमा सहिदभूमि गाउँपालिकामा ८ सय २१ जना किशोरीलाई खोप लगाउन सफल भएको छ ।

सरकारले देशभर एचपीभी खोप अभियान गत माघ २२ गते देखि १५ दिन अर्थात् फागुन ६ गतेसम्म सञ्चालन गरेको थियो ।  अभियानमा सहिदभूमि गाउँपालिकाको २३ वटा विद्यालयका कक्षा ६ देखि १० सम्मका ८सय २१ जना किशोरीलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख फकिर् महाेमत्तले जानकारी दिनु भयो ।

खोप अभियानमा २३ जना स्वास्थ्यकर्मी र ४६ जना स्वयमसेविकाहरु खटेका थिए । यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निर्मूल पार्न ९०:९०:९० को योजना छ । यो भनेको ९० प्रतिशतलाई खोप लगाउने, ९० प्रतिशतको स्क्रिनिङ गर्ने र ९० प्रतिशतको सफल उपचार गरिने हो । 

यस्तै सहिदभूमि गाउँपालिको स्वास्थ्य शाखाबाट नियमित खोप तथा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖