प्रधानसेनापति खुला म्याराथनमा खड्का प्रथम

काठमाडौँ । यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर राईले उनलाई तीन लाखसहित ट्रफी र पदक प्रदान गरेका थिए । 

कूल तीन सय तीन धावक सहभागी प्रतियोगितामा कुमारी दल गणका प्युठ राजन रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका गोपीचन्द्र पार्कीले तेस्रो स्थान हासिल गरे । उनीहरुलाई क्रमशः दुई लाख र एक लाख नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै २१ किलोमिटर दूरीको हाफ म्याराथन खुला पुरुषतर्फ देवी दल गणका प्युठ मुकेश पाल प्रथम, शेर गण दलका अमलदार गजिन्द्र राई द्वितीय तथा गणेश दल गणका अमलदार नरेन्द्र रावल तृतीय घोषित भए । प्रधानसेनापति अशोकराज सिग्देलले कूल आठ सय ६३ धावक सम्मिलित उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार नगदसहित प्रमणपत्र प्रदान गरेका थिए ।

महिलातर्फको २१ किमी दूरीको हाफ म्याराथन प्रतियोगितामा सन्तोष श्रेष्ठ पहिलो, भगवती दल गणकी प्युठ पूर्ण लक्ष्मी न्यौपाने दोस्रो तथा गरुढ दल गणकी प्युठ निर्मला केसीले तेस्रो स्थान हासिल गरेका छन् । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले उनीहरुलाई क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार नगद र प्रमणपत्र प्रदान गरेका थिए ।

सामाजिक एकताको प्रतिका रुपमा रहेको खेलकुद क्षेत्रको विकास तथा नागरिक सैनिक सम्बन्ध प्रगाढ तुल्याउने उद्देश्यले सेना दिवसका अवसरमा विसं २०७२ देखि यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖