‘दलित डेष्क’ स्थापना गर्न गृहद्धारा पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरुको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेष्क’ स्थापना गरी सम्र्पक व्यक्ति तोक्न पत्राचार गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले प्रहरी प्रधान कार्यालयमा दलित डेष्क स्थापना गरी कामकारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिए ।

उहाँले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेष्कलाई थप प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको जानकारी दिए ।

“दलित समुदायका व्यक्तिहरुको समेत सहभागितामा दलित डेष्क स्थापना गरी सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाई कानून कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पु¥याउन परिपत्र गरिएको हो ।” प्रवक्ता तिवारीले भने, “डेष्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र थप प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न भनेका छौं ।”

केही दिनअघि गृहमन्त्री रमेश लेखकलाई भेट्न गृह मन्त्रालय पुग्नुभएका संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधीकारीसितको भेटमा मन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न प्रहरी प्रधान कार्यालयमा दलित डेष्क स्थापना गर्ने बताएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖