केपी ओली कपको शुभारम्भ

काठमाडौं, ११ फागुन । केपी ओली कप फुटबल प्रतियोगिता सुरु भएको छ । आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बल रेफ्रीलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरेका हुन् । सो अवसरमा खेलकुदमन्त्री तेजुलाल चौधरी, कलाकार हरिवंश आचार्यलगायत उपस्थित थिए ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन् । फागुन १९ सम्म आयाेजना हुने प्रतियाेगितामा एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफ र एफसी ट्रान्सपोर्ट युनाइटेड सहभागी हुँदैछन् ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖