‘द्रौपदी’ को ट्रेलरमा कर्णालीका दु:ख

काठमाडौं । कर्णाली भेकको जनजीवनको कथामा निर्माण गरिएको फिल्म ‘द्रौपदी’ को ट्रेलर सार्वजनीक गरिएको छ । ऋषिराज आचार्य लिखिति तथा निर्देशीत तीन मिनेट लामो ट्रेलरमा कर्णालीको सुन्दरता, जनजीवन र ब्यथाहरुलाई प्रस्तुत गरिएको छ ।

यसअघि सार्वजनीक टिजर र ‘कर्णाली कटौला’ गीतले चर्चा पाइरहेको बेलामा ०८ चैत्रबाट दर्शकमाझ आउन लागेको ‘द्रौपदी’ को ट्रेलर ल्याइएको हो ।

रिलिज अघिनै केही अन्तर्राष्ट्रिय फेस्टिभलमा पनि छनोट भएको फिल्म डोल्पाको  शे फोक्सुण्डो ताललगायत कर्णाली बिभिन्न स्थानमा खिचिएको हो । नारी सम्वेदनात्मक लाग्ने फिल्को ट्रेलरमा प्रमुख अभिनेता निर्देशक स्वयम् ऋषिराज आचार्य,शीर्ष अभिनेत्री आश्विनी शाही,गायक रबि ओड, सुजाता तिमिल्सिना,कबिराज भाम, जेल्सन अधिकारी,बिष्णु ठडराई, प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारीलगायतका कलाकारलाई देख्न सकिन्छ ।

निर्देशक आचार्य स्वयम्को लेखन,अनिल महर्जनको सम्पादन,सौरभ शर्माको पाश्र्व संगीत, तथा मोहनकुमार झिल्लुको छायांकन रहेको फिल्मका गीतमा रबि ओड र इन्द्रकला राईको आवाज छ । आर बि मुभिजमा बनेको  फिल्मको सहनिर्माता ऋतु आचार्य र बिष्णु ठडराई, अनि निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् । फिल्मको बितरण एप्पल इन्टरटेन्टमेन्ट,एफडि कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रुपमा गर्दैछन ।


 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖