कक्षा १२ को परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने

काठमाडौं, ९ बैशाख । वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेसम्म सरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परिक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेको केही समय पछि बैशाख २१ गतेसम्मका लागि सारिएको हो । 
 
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार वैशाख ११ का लागि तय भएको परिक्षा स्थगित भएको जानकारी दिदैँ १० दिन पछि सारिएको हो ।

बिगत २१ दिन देखी आन्दोलनमा उत्रिएको शिक्षकहरूले परिक्षामा सामेल नहुने लिखित रूपमा जानकारी गराएको केही घन्टामा नै परिक्षा बोर्ड आफ्नो निर्णयवाट पछि हटेको हो ।

शिक्षक आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएको भोलीपल्ट सरकारले बाध्य भएर परिक्षा रोक्नु पर्ने अवस्थामा पुगेको हो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖