आइपीएलः दिल्लीले लखनउलाई ८ विकेटले हरायो

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सविरुद्ध ८ विकेटको फराकिलो जीत निकालेको छ । 

मंगलबार भारत रत्न श्री अटल बिहार भाजपाइ एकान क्रिकेट मैदानमा घरेलु टोली लखनउले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।

 

दिल्लीका लागि राहुलले ४२ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ५७ रनको योगदान गरेका थिए भने पोरेलले ३६ बलमा पाँच चौका र एक छक्कासहित ५१, कप्तान अक्षर पटेलले अविजित ३४ र करुण नायरले १५ रन बनाउन सफल भएका थिए । लखनउका लागि दुवै विकेट भने एडेन मार्करमले लिएका थिए ।

 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो।

 

लखनउका लागि मार्करमले ३३ बलमा तीन छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले ४५, आयुश बदोनीले ३६ र डेविड मिलरले अविजित १४ रन बनाए ।  दिल्लीका लागि मुकेश कुमारले चार तथा मिचेल स्टार्च र दुस्मन्थ चमिराले समान एक विकेट लिए ।

यो जितसँगै आठ खेलबाट १२ अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ भने पराजित लखनउ ९ खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖