विराटनगरमा जारी तेस्रो संस्करणको एमएम कप क्रिकेटमा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै आर्मी फाइनलमा प्रवेश गरेको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको समुह ए अन्तरगतको अन्तिम लिग खेलमा आर्मीले वागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । लगातार दुई खेलमा जित हात पार्दै आर्मीले फाइनलको यात्रा गरेको हो । पहिलो खेलमा एपिएफलाई ३ विकेटले पराजित गरेको थियो । जितसँगै आमीले ४ अंक जोडेको छ भने एपिएफले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंककासाथ दोस्रो स्थानमा र वागमतीले खेलेको दुवै खेलमा पराजित हुँदै अंक विहिन भयो ।

आइतबार राती वर्षा भए पछि २६ ओभरमा छोट्याएको खेलमा टस हारेर ब्याटिङ गरेको वागमतीले २४ दशमलव ३ बलमा सवै विकेट गुमाई ९६ रनको सामान्य योगफल खडा गरेको थियो । वागमतीका कप्तान सिचिन लेखकले २४ रन बनाउँदा प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकलाई छुन ुकेनन् । आर्मीका प्लेयर अफ म्याच नरेन राउदले ६ ओभरमा २७ रन दिएर ५ विकेट लिँदा दुर्गेश गुप्ताले २ विकेट लिए ।

जवाफमा ९७ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १७ दशमलव ३ बलमा ५ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । आर्मीको जितमा निश्चल क्षेत्रीले ४६ रनको योगदान दिँदा हिमाञ्सु दत्तले १८ रनको योगदान दिए । वागमतीका दयानन्द मण्डलले २ विकेट लिँदा तिलकराज भण्डारी र आदिल खानले १–१ विकेट दिए ।

मंगलबार समुह वि को हिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लव विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖