ओलीलाई ‘आँप झरेको’ भन्दै बिबादित बनाउने अनुराग कश्यपमाथी भारतमा मुद्दा दर्ता

मुम्बई, २६ बैशाख । बलिउड फिल्म निर्देशक अनुराग कश्यपले केही समय अघि ब्राह्मणमाथि आपत्तिजनक टिप्पणी गरेका थिए, त्यसपछि उनी विवादमा परेका थिए । 

 

जसका कारण उनले चारैतिरबाट ट्रोलको सामना गर्नु परेको थियो । उनले धेरै समस्याको सामना गर्नुपरेको थियो । उनले यसमा माफी पनि मागेका थिए तर उनको समस्या अझै टरेको छैन । बरू, थप बल्झिन पुगेको छ । 

खासमा अब अनुरागलाई रायपुर अदालतबाट ठूलो झटका लागेको छ । त्यहाँको अदालतले अनुराग विरुद्ध गैर जमानती धारा अन्तर्गत एफआईआर दर्ता गर्न आदेश दिएको छ।  उच्च अदालतका अधिवक्ता अञ्जिनेश अजय शुक्लाले उनीविरुद्ध उजुरी गरेका थिए । न्यायिक मजिस्ट्रेट कुमारी आकांक्षाको इजलासले फैसला सुनाउँदै अनुराग विरुद्ध गैर जमानती धारा अन्तर्गत एफआईआर दर्ता गर्न आदेश दिएको हो।

 

अनुराग कश्यप विरुद्ध भारतीय दण्ड संहिताको धारा १९६, २९९ र ३५३ अन्तर्गत एफआईआर दर्ता गर्न आदेश दिइएको हो। अर्थात्, उनी आफ्नो भनाइलाई लिएर समस्यामा परेको देखिन्छ । र उनको समस्या बढ्दै गएको देखिन्छ। 

 

जातिवादको बारेमा टिप्पणी गर्दा अनुरागले ब्राह्मणहरूबारे टिप्पणी गरेका थिए, त्यसपछि उनको निकै आलोचना भएको थियो। र अहिले यो मुद्दा अदालतमा पुगेको छ । फिल्म ‘फुल’लाई लिएर चलिरहेको विवादका बीच उनको यो अभिव्यक्ति आएको हो ।

 

अनुरागले आफ्नो बयानका लागि माफी पनि मागेका थिए । माफी माग्दै उनले लेखेका थिए, ‘आक्रोशमा कसैलाई जवाफ दिंदै आफ्नो लज्जा बिर्सेर सारा ब्राह्मण समाजका लागि नराम्रो खबर ल्याएको थिएँ, जुन समाज मेरो जीवनमा रहँदै आएको छ, त्यो समाज अहिले पनि छ र धेरै योगदान गरिरहेको छ, आज मबाट सबै दुखी छन् । मबाट मेरो परिवार दुखेको छ। धेरै बुद्धिजीवीहरू, जसलाई म सम्मान गर्छु, मेरो रिस र मेरो बोल्ने तरिकाले दुखित भएको छन, बुझ्दछु।’

 

अनुरागले पनि आफ्नो पोस्टमा लेखेका छन्, ‘अबदेखि यस्तो नहोस्, म यसमा काम गर्नेछु र यदि मैले यो मुद्दाको बारेमा कुरा गर्नु पर्यो भने, म सही शब्द प्रयोग गर्नेछु। मलाई आशा छ तपाईंले मलाई माफ गर्नुहुनेछ।’ 

 

नेपालमा पनि ‘राजागञ्ज’ मा लगानी गरेका भनिएका कश्यपले प्रधानमन्त्री केपी शर्मा ओलीको मधेस केन्द्रित आन्दोलनको बिषयमा ‘आँप झरेको’ भन्ने अभिब्यक्ति राखेर फिल्म बनाए पछि सेन्सर बोर्डले अन्तिम समयमा सो दृश्य काटन लगाएको थियो । जसका कारण, सो फिल्म बिबादमासमेत परेको थियो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖