“माईतीघर” को ४५ प्रतिशत छायांकन सम्पन्न

इटहरी । दशैँको फूलपातीमा रिलिज गर्ने तयारी सहित यतिबेला धमाधम छायांकन भइरहेको फिल्म “माईतीघर” को यतिबेला ४५ प्रतिशत छायांकन सम्पन्न भएको छ ।

फिल्मका निर्माता रोहित अधिकारीका अनुसार १५ दिनको अवधिमा ४५ प्रतिशत छायांकन सोचेको जस्तै भइरहेको बताए । उनी भन्छन् “माईतीघरका लागि हल्लाखल्ला भन्दा पनि निर्माणको गुणस्तरमा ध्यान केन्द्रित” गरिएको छ । निर्माता रोहितले “अनाबस्यक तामझाम नगरी फिल्मको उत्कृष्ठ कथा, पटकथा, सम्बाद तथा गित र मेकिङ सङ्गै कलाकारहरुमा ठुलो लगानि गरिएको ।” बताए ।

दर्शकलाई “भरपूर मनोरन्जन दिन मेहनत गरिएको” समेत उनले स्पष्ट पारे । यो फिल्मको यसअघि नै प्रमुख अभिनेता मध्येका एक माग्ने बुढा ‘केदार घिमिरे’को क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ । जसका कारण पनि फिल्म प्रतिक्षित हुनमा मद्धत पुगेको छ । यता फिल्मका निर्माता अधिकारीले फिल्मको निर्माण गुणस्तरमा ध्यान दिएसँगै फिल्म रिलिजको लागि फूलपातीबाट एक इन्च पनि अगाडि पछाडि नसर्ने अडान लिएका छन् । यो मिति फूलपातीमा ‘जारी २’, ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता ‘, ‘महाराजधिराज’ लगायतका फिल्म समेत प्रदर्शनमा आउँदैछन् ।

यी मध्ये केही ‘माइतीघर’को लागि प्रतिष्पर्धी देखिएपनि रोहित पछाडि नहट्ने बताउँछन् । एक हलमा एक शो पाए पनि फूलपातीमै माईतीघर ल्याउने उनको अडान छ भने यसपटक प्रचारप्रसारमा समेत कुनै कन्जुस्याइँ नगर्ने उनको प्रतिबद्धता छ । यो फिल्मका लागी उनले सदाबहार कालजयी गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’ बोलको गीतलाई पुनः रेकर्ड गरेर यो फिल्ममा राख्दैछन् । जुन गीत भारतिय चर्चित गायिका सन्जिबनिको स्वरमा रेकर्ड पनि सम्पन्न भैसकेको छ ।

यतिबेला म्याग्दी जिल्लाको ताकम भन्ने ठाउँमा छायांकन भइरहेको यो फिल्म माईतीघरमा अभिनेता धीरज मगर, केदार घिमिरे ‘माग्नेबुढा’, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा र बुद्धि तामाङ प्रमुख भूमिकामा देखिने छन् । मिलन तामाङको निर्देशनमा निर्माण हुने यो फिल्ममा रविन शेरचन र धिरज तामाङले समेत लगानी गरेका छन् । चन्द्रकुमार दोङको लेखन, सुशन प्रजापतिको छायाङ्कन र रामशरण पाठकको संवादले फिल्मलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । यो फिल्मको कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् । रोहित अधिकारी फिल्मस्को चौथो प्रस्तुतिको रुपमा यो फिल्म निर्माण हुँदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖