नेपालका चर्चित कलाकारहरूलाई समेटेर थापा र मानन्धरले ल्याए नयाँ हास्य शृंखला ‘गाँवै रमाइलो’

काठमाडौं – कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला बजारमा ल्याउने भएका छन्।

थापा र मानन्धरले ‘गाँवै रमाइलो’ टेलिफिल्म जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर लञ्च गर्न लागेका हुन्।

उनीहरूको यो नयाँ टेलिफिल्म देवकी मिडिया नामक युट्युब च्यानलबाट हरेक साताको बिहीबार बेलुका साढे ७ बजे प्रसारण हुने छ।

सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कथावस्तु लिएर आफूहरूले नयाँ हास्य शृंखला बजारमा ल्याएको निर्माता थापा तथा मानन्धरले बताए।

थापा तथा मानन्धरका अनुसार यो हास्य चलचित्रको उद्देश्य विभिन्न कारण तथा सामाजिक समस्याका कारण गाउँबाट टाढिएका युवा-पिढी तथा अन्य त्यस्तै व्यक्तिहरूलाई गाउँ फर्किन प्रेरित गर्ने रहेको छ।

‘नेपाली समाजका नयाँ युवापिढी विदेशिएका छन्, काम विशेषले कति मानिस आफ्नो क्षेत्र छोडेर लाखापाखा भएका छन्,’ परिकल्पनाकार थापाले भने, ‘हामी हास्य-व्यंग्यमार्फत् मनोरञ्जन दिने उद्देश्यले आफ्नो गाउँबाट टाढिएका युवा-पिढीसहितलाई गाउँ फर्किनुपर्छ, जता भए पनि गाउँ नै रमाइलो छ भन्ने सन्देश दिन चाहन्छौं।

यस्तै, ‘गाँवै रमाइलो’ शृंखलाले समाजबाट पछि परेका व्यक्तिहरूको प्रतिनिधिमूलक कथा बोकेको थापाले जानकारी दिए।

‘समाजमा राजनीतिक, आर्थिक सबै पक्षबाट पिछडिएका व्यक्तिहरूको आवाज बनेर गाँवै रमाइलो प्रस्तुत हुने छ,’ थापाले भने।

यो टेलिचलचित्रमा राजनीतिमा आउने नयाँ पुस्तालाई पुरानो पुस्ताबाट भएका थिचोमिचोलाई व्यापक रूपमा सम्बोधन गरिने थापाले बताए।

‘गाँवै रमाइलो’का निर्माता जयकुमार थापा र नदिश मानन्धर हुन् भने परिकल्पनाकार जयकुमार थापा हुन्। यसका लेखक तथा निर्देशक लोकप्रिय कलाकार नेत्र राउत हुन्।

यो टेलिचलचित्रमा नेपालमा चर्चित हास्य कलाकारहरूको बाहुल्य उपस्थिति रहेको छ। कलाकारको रूपमा निर्माता तथा परिकल्पनाकार थापा आफू पनि अभिनयमा देखिन्छन्।

यसैगरी, वरिष्ठ कलाकार देशभक्त खनाल, दमन रुपाखेती, लक्ष्मणविक्रम बस्नेत, सुरेश थापा, विनोद राई, नवीना सिलवाल, नेत्रविक्रम खड्का, सुभाना राई र कृशला तामाङको अभिनय देख्न सकिने छ।

शृंखलामा स्वर, शब्द तथा संगीत नवीन रावलको रहेको छ। यस्तै, मिक्सिङ किस्मत स्टुडिओले गरेको छ। पार्श्व ध्वनी सुविन सेन्चुरीले दिएका छन्।

यस्तै, आइटी सपोर्टरमा विशाल राई, निर्माण नियन्त्रकमा सुजन गिरी रहेका छन्। सम्पादन राजकुमार कार्कीले गरेका छन् भने छायांकन ज्ञानकुमार कट्टेलले गरेका छन्। थापाले यसअघि ‘लोडसेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’लगायत थुप्रै हास्य टेलिचलचलित्र ल्याएका थिए। ती हास्य टेलिचलचित्रहरू नेपाली समाजमा लोकप्रिय बनेका थिए।

यस्तै, जयकुमार थापा र सुजित थापाको नेतृत्वमा अर्को टेलिशृंखला ‘तारा’ बजारमा ल्याउने तयारी रहेको छ।

निर्माता थापा एभरेष्ट बैंकबाट अवकाशप्राप्त कर्मचारी हुन्। उनले बैंकमा कार्यरत् रहँदै ‘लोड्सेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’,जस्ता टेलिसिरिल बजारमा ल्याएका थिए। उनले भने, ‘यस टेली सिरियलमा ‘हास्य-व्यंग्य क्षेत्रमा चर्चित कलाकारहरूलाई समेटेका छौं, अहिले हास्य-व्यंग्य क्षेत्रमा चर्चित पुराना कलाकारहरू पलायन हुने अवस्था छ, कलाकारहरूका लागि आफ्नो प्रतिभा पस्किनका लागि गाँवै रमाइलो एउटा महत्वपूर्ण प्लेटफर्म हुने छ। अन्य नयाँ तथा पुराना कलाकारहरूलाई समेट्दै जाने योजना बनाएका छौं।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।