पार्टीमा आमुल परिवर्तन आवश्यक : कांग्रेस नेता घिमिरे
धनकुटा । नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय अध्यक्ष गुरुराज घिमिरेले पार्टीमा आमुल परिवर्तन आवश्यक रहेको वताउनु भएको छ ।
मंगलवार धनकुटामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाले नेतृत्वका कारण अहिले कांग्रेसमा चरम निराशा छाएको भन्दै आमुल परिवर्तन आवश्यक रहेको धारणा राख्नु भएको हो । उहाँले यस पार्टीका नेताहरु सच्चिनु जरुरी भएको वताउनु भयो ।
पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


