बहु प्रतिक्षित नेपाली चलचित्र ‘माइतीघर’को छायांकन अन्तिम चरणमा

इटहरी । बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’को छायांकन यतिबेला अन्तिम चरणमा छ । शुभसाइत पूजापछि छायांकन थालिएको यस फिल्मको सेटबाट अहिले मुख्य कलाकार धीरज मगर र हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को लुक्स सार्वजनिक भएको छ ।

सार्वजनिक तस्बिरमा अभिनेता धीरज मगर मोटरसाइकल चलाउँदै छन् भने उनको अनुहारमा रिस र आक्रोशको भाव स्पष्ट देखिन्छ । मोटरसाइकलमा धिरजको पछाडि बसेका माग्ने बुढा भने अत्तालिएको अवस्थामा छन् ।

यसअघि माग्ने बुढाको विभिन्न २ ओटा लुक्स सार्वजनीक भएको थियो । जसका कारण कथा कस्तो होला भन्ने कौतुहलता थपिएको थियो भने हाल सार्वजनीक तस्विरले फिल्मको कथामा महत्वपूर्ण मोड ल्याउने अनुमान गरिएको छ ।यो फिल्ममा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ ।

मिलन तामाङले निर्देशन गरिरहेको यस फिल्मको छायांकन सुसन प्रजापतिले गर्दैछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन् ।

यता संगीततर्फ पनि कुनै कन्जुस्याइँ गरिएको छैन । बलिउडकी प्रख्यात गायिका संजीवनीले फिल्मको शीर्ष गीतमा आवाज दिएकी छिन् । यो गीत नेपाली फिल्मकै इतिहासमा सफल मानिएको पुरानो ‘माइतीघर’ फिल्मको कालजयी गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ…’ को नयाँ संस्करण हो । सो गीतमा जयदेवको संगीत, किरण खरेलको शब्द र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ ।

पारिवारिक सम्बन्ध र संवेदनाको कथावस्तुमा आधारित यो फिल्म आउँदो दशैंको फूलपातीमा प्रदर्शन हुने तयारीमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖