रियाल मड्रिड बन्याे विश्वको धनी फुटबल क्लब

काठमाडौं, १८ जेठ । स्पेनिस  क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ ।

अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पती ६.६ अर्ब अमेरिकी डलर रहेको छ ।
 
फोर्ब्सका अनुसार रियालले सन् २०२३–२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो । योसँगै एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने पहिलो फुटबल क्लब पनि बनेको छ।
 
फोर्ब्सको सूचीमा ६.६ अर्ब अमेरिकी डलर सम्पतीसहित इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ। युनाइटेडले सन् २०२३–२४ सिजनमा ८३ करोड ४० लाख डलर आम्दानी गरेको थियो ।
 
यसैगरी बार्सिलोना, लिभरपुल र म्यानचेस्टर सिटी, आर्सनल, टोटनह्याम, चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पिएसजी) तेस्रोदेखि १०औं स्थानमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।