फिल्म ‘माईतीघर’को टाईटल गीत छायांकन सुरु, उपासना र श्यामा श्रीको ठुम्का

इटहरी । एक समयको सुपरहिट गीत ‘यो हो मेरो प्राण भन्दा प्यारो माईतीघर’ अहिले पनि उत्तिकै हिट छ । सबैको मनमा बस्न सफल यो गीतलाई यतिबेला छायांकन भइरहेको फिल्म ‘माईतीघर’मा पनि समावेस गरिँदै छ भने आजबाट यो गीतको भिडियो छायांकन सुरु भएको छ । छायांकन सेटबाट केही तस्विर समेत सार्वजनीक गरिएको छ । जहाँ उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा देखिन्छिन् ।

परम्परागत भेषभूषामा सजिएकी यी २ कोरस डान्सरका साथ गीतको भिडियोमा नाच्ने छन् । निर्माता रोहित अधिकारीका अनुसार गीतको मर्म र भाव जीवन्त रहोस् भनेर सुप्रसिद्ध भारतीय गायिका संजीवनी को स्वरमा यो गीत पुनः ‘माईतीघर’ फिल्मका लागि रेकर्ड गराईएको थियो । अहिले भिडियोमा पनि कहीँकतै कमजोरी नहोस् भन्नका लागि यो गीत छायांकनको लागि मात्रै ४ दिनको सेड्युल तय गरिएको निर्माता अधिकारीले बताए ।

फिल्मका प्रमुख २ अभिनेत्री उपासना सिंह ठकुरी र श्यामा श्री शेर्पा यो गीतमा फिचर्ड हुनेछन् । हिन्दूहरूको महान पवित्र स्थल बागलुङको कालिका मन्दिरमा छायांकन सुरु भएको यो गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरिरहेका छन् । सो गीतमा किरण खरेलको शब्द तथा जयदेभको संगीत समावेश गरिएको छ ।

यो गीत समावेश फिल्म माइतीघरमा धीरज मगर, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ सँगै प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतका चर्चित कलाकारहरूको अभिनय रहनेछ । मिलन तामाङले निर्देशन गरिरहेको यस फिल्मको छायांकन सुसन प्रजापतिले गर्दैछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ निर्माताका रूपमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।