सांगुरीगढीमा अध्यक्ष फुटबल ग्रामस्तर कार्यक्रम–२०८२ अन्तर्गत यू-१३ फुटबल प्रतियोगिता सम्पन्न
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५, धनकुटामा अध्यक्ष फुटबल ग्रामस्तर कार्यक्रम–२०८२ अन्तर्गत १३ वर्षमुनिका (यु-१३) बालबालिकाका लागि आयोजित फुटबल प्रतियोगितामा जर्सी र बल बितरण कार्यक्रम सम्पन्न भएको छ।
उद्घाटन समारोहमा विभिन्न गाउँका विद्यालय र समुदायबाट सहभागी टिमहरू प्रस्तुत भएका थिए। उद्घाटन कार्यक्रम साँगुरीगढी-८ सृजनशील खेल मैदान तातोपानी मा सम्पन्न भएको थियो।
कार्यक्रमको आयोजना अध्यक्ष फुटबल ग्रामस्तर कार्यक्रम उपभोक्ता समिति, साँगुरीगढी–५, धनकुटाले गरेको हो। आयोजक समितिका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य गाउँस्तरमै बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूलाई खेलकुदमा सक्रिय बनाउनु हो।
कार्यक्रममा स्थानीय समुदाय, अभिभावक, प्रशिक्षक र खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। आयोजकले प्रतियोगिता सफल बनाउन आवश्यक सबै तयारी पूरा गरिएको जानकारी दिएका छन्।




