पथरीमा सम्पन्न प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई

पथरी ।  पथरीमा सम्पन्न प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले जितेको छ।
मंगलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा आयोजक टिमले डाँस-मोरङी क्लबलाई ४ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको डाँस मोरङी क्लबले १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।

डाँसका लागि उमर सानीले सर्वाधिक ३२ रन बनाए भने रोहित राजवंशीले २२, प्रदीप मण्डलले १७ र दीपेश सुवेदीले १६ रनको योगदान दिए।
बलिङतर्फ आयोजक टिमका सुरज न्यौपानेले ३ विकेट लिए भने मोहम्मद निशार र ज्ञानेन्द्र श्रेष्ठले समान २/२ विकेट तथा अभि लिम्बू र नितेश साहनीले १/१ विकेट लिए।

१२२ रनको लक्ष्य आयोजक टिमले १९ ओभर १ बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो। जितमा सोनु मण्डलको ३६ रन, विजय घिमिरेको २९ रन र सुरज न्यौपानेको १७ रन महत्वपूर्ण रहे। डाँसका आर. के. मण्डलले ३ विकेट र प्रदीप मण्डलले २ विकेट लिए।

व्यक्तिगत विधामा पनि आयोजक टिमको वर्चस्व
प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक टिमका सुरज न्यौपाने घोषित भए। उनी फाइनलमा समेत म्यान अफ दि म्याच बन्न पुगे।

उत्कृष्ट ब्याट्सम्यानको उपाधि सोनु मण्डलले पाउँदा, उत्कृष्ट बलर डाँसका उमर सानी घोषित भए। उदीयमान खेलाडीको रुपमा पथरी-शनिश्चरे क्रिकेट क्लबका अभिषेक विक बाला चयन भए।

विजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पायो। विजेता तथा उपविजेता टिमलाई पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का अध्यक्ष जीवन खतिवडासहितका विशिष्ट अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।

मौसमको कारण आइतबार तय गरिएको फाइनल खेल मंगलबार सम्पन्न गरिएको हो। प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖