दक्षिण कोरियाका राष्ट्रपतिमा बाम झुकावका लि बिजयी

सियोल, २१ जेठ । दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनमा वाम झुकाव लिबरल डेमोक्र्याटिक पार्टी अफ कोरिया (डीपीके) का नेता ली जे म्युङ विजयी भएका छन् ।
 
उनले सत्तारुढ पिपुल पावर पार्टी (पीपीपी) को किम मुन सुलाई पराजित गरेर यो बिजय हासिल गरेका हुन् ।
 
मत परिणाम अनुसार लीले ४८.३१ प्रतिशत भोटका साथ अगाडि रहे भने किमले ४२.९ प्रतिशत भोट मात्र पाउन सफल भए पछि उनी बिजयी भएका हुन् । यस निर्वाचनमा ६ जना उम्मेदवार मैदानमा रहे पनि वास्तविक प्रतिस्पर्धा भने डिपिके र पिपीपी पार्टीका उम्मेदवारहरू बीच मात्रै रहेको थियो ।  
 
सो जित पछि लीले भने, ‘म मतदातालाई धन्यवाद दिन्छु। म यो जिम्मेवारी कहिल्यै बिर्सने छैन र देशलाई एकताबद्ध गर्न, अर्थतन्त्र सुधार गर्न र उत्तर कोरियासँग शान्ति स्थापना गर्न काम गर्नेछु।’

सोही क्रममा किम मुनले हार स्वीकार गर्दै भने, ‘म जनताको निर्णयलाई विनम्रतापूर्वक स्वीकार गर्दछु र ली जे म्युङलाई विजयको शुभकामना दिन्छु ।’
 
राष्ट्रपतिको निर्वाचनमा कुल मतदाता ७८.३ प्रतिशत थियो, जुन १९९७ पछिको सबैभन्दा उच्च हो जबकि सन २०२२ को राष्ट्रपति चुनावमा मतदान ७७.१ प्रतिशत मत खसेको थियो। सन् १९८७ मा दक्षिण कोरियामा भएको निर्वाचनमा सबैभन्दा बढी मतदाता ८९.२ प्रतिशत थियो।

सन् २०२७ मा दक्षिण कोरियामा चुनाव हुने भएता पनि पीपीपी पार्टीका युन सुक येओललाई गत वर्षको डिसेम्बरमा मार्शल ल लागू भएपछि राष्ट्रपति पदबाट हटाइएको थियो ।
 
युन सुक येओलले मार्शल ल लागू गर्नुको कारण राज्य विरोधी शक्ति र उत्तर कोरियाको धम्कीलाई उद्धृत गरेका थिए। तर, यो चाँडै स्पष्ट भयो कि उनले आफ्नो राजनीतिक समस्याबाट छुटकारा पाउन मार्शल ल लगाएका थिए।

एक सातापछि संसदले उनलाई महाभियोग लगाएको थियो । र, गत अप्रिल ४ मा संवैधानिक अदालतले उनको महाभियोगलाई कायम राख्यो र स्थायी रूपमा पदबाट हटायो। यसपछि ऐनअनुसार ६० दिनभित्र निर्वाचन गराउनु अनिवार्य थियो, जसअनुसार यो समयसिमा भन्दा अगाडी नै निर्वाचन भएको हो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖