मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास प्रदर्शन (फोटो फिचर)

सञ्जय मिश्रा/रौतहट, २३ जेठ। रौतहटस्थित तीनवटै सुरक्षा निकायको सहभागितामा सम्भावित मनसुनजन्य जोखिमलाई न्यून गर्ने उदेश्यका साथ उद्धारको कृत्रिम अभ्यास सम्पन्न भएको छ।

 

जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा गौर–४ बरहवा तालमा सम्पन्न ‘मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास’ २०८२ प्रदर्शनमा सशस्त्र प्रहरीका साथै श्री नारायण दल गणका नेपाली सेना, जिल्ला प्रहरी कार्यालयका प्रहरीको  सहभागिता रहेको थियो।अगामी मनसुनमा औसत भन्दा धेरै पानी पर्ने पुर्वानुमानका बिच  उद्धार तैयारी सम्बन्धी अभ्यास गरिएको हो। 

 

झण्डै २५० जनाको उपस्थितिमा संयुक्त टोलीबाट मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास कार्यक्रममा विपद् न्यूनिकरण सम्बन्धी आगलागी नियन्त्रणको प्रदर्शनी गरिएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख सन्तोष कुमार बस्नेतले बताएका छन्।

उक्त अवसरमा वाटर सर्च एन्ड रेस्क्यु, ईप्रोभाईज सामाग्रीको प्रयोग गरी खोज तथा उद्धार कार्य, मोटर बोट तथा पुलबाट रेस्क्युको प्रदर्शनी जस्ता विविध विपद् प्रतिकार्य क्रृतिम अभ्यास लगायत वाटर सर्च एन्ड रेस्क्यु, सिएसएसआर र  फ्रि फाइटिङका सामाग्रीहरुको प्रदर्शनी कार्यक्रम समेत संचालन भएको थियो।

 

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादव, गौर नगरपालिकाका मेयर शम्भु साह, राजदेवीका मेयर भिखारी यादव,दुर्गाभगवती गाउँपालिकाका प्रमुख शम्भु सिंह, रौतहटका सिडियो बिनोद कुमार खड्का, नेपाली सेना नारायणदल गणका गणपति कर्णेल लेखनाथ कटुवाल, जिल्ला प्रहरी कार्यालय रौटहटका एसपी नेत्रमणी गिरी, सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेक्वा रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेत, पत्रकार, रेडक्रस कार्यालयका प्रतिनिधि तथा माण्डवी संस्थाका प्रतिनिधि लगायत स्थानीय जनप्रतिनिधी तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो।

 

प्रायः प्रत्येक बर्ष वर्षायाममा जिल्लाको पूर्विभेग स्थित बागमती र पश्चिमीभेगमा लालबकैया नदीमा आउने बाढीले ज्यान धनको क्षती पुर्याउने गर्दछ। यसबर्ष पनी मौषम पूर्वानुमान महाशाखाले बढी पानी पर्ने बताएपछि सम्भावित हुने डुबान र कटानबाट जिल्लाबासी लाई जोगाउन तीनवटै सुरक्षा निकायले अहिल्यै देखि तयारी सुरु गरेको सिडियो खड्काले बताए ।

 

यस पटक वर्षायाममा हुने समस्याको समय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै स्वयंसेवक परिचालन गरिने योजना रहेको सिडियो खड्काले जानकारी दिएका छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।