मृत्यु भएको झण्डै एक महिना बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको गुनासो

रौतहट, २५ जेठ । फतुवा विजयपुर नगरपालिका–४ का ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको झण्डै एक महिना बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन्। 

 

गत बैशाख २४ गते भएको उक्त दुर्घटनामा सशस्त्र प्रहरी बल बेसक्याम्प दुधियाभारमा कार्यरत हबल्दार सुवास सिंहको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका यादवको केही घण्टापछि मृत्यु भएको थियो।

 

घटनाको उजुरी इलाका प्रहरी कार्यालय गरुडामा २७४ नम्बरमा दर्ता भए पनि पीडित पक्षले हालसम्म न त दोषीलाई कारबाही भएको देखेका छन्, न त क्षतिपूर्ति पाएका छन्। यादवको परिवार र स्थानीय सामाजिक अगुवाहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी स्थानीय प्रशासन र प्रहरी निकायले पीडितलाई न्याय नदिएको आरोप लगाएका छन्।

 

पत्रकार सम्मेलनमा मृतकका पत्नी श्रीपति देवी यादव, भाइ विश्वनाथ यादव, साथै समाजसेवी जय मंगल यादव, लक्ष्मी राय यादव, अजय कुमार यादव, उपेन्द्र यादव र रामशंकर पासवानको उपस्थिति थियो। उनीहरूले दोषीलाई अदालतमा पेश नगरी मिलेमतोमा मुद्दा मिलाउने प्रयास भएको भन्दै कडा आपत्ति जनाए।

पीडित पक्षले चेतावनी दिंदै भनेका छन्, “यदि छिट्टै न्याय नभए इलाका प्रहरी कार्यालय गरुडा, जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला प्रशासन कार्यालय रौतहटमा क्रमशः धर्ना कार्यक्रम सुरु गर्नेछौँ।” उनीहरूको आरोप अनुसार, प्रहरी नायव उपरीक्षक राजन कार्कीले सशस्त्र हबल्दार सुवास सिंहलाई पक्राउ गरे पनि हाजिर जमानतमा छोडिएको बताए।

 

उता, मृतक अनुठा राय यादवको परिवारले न त न्याय पाएका छन्, न त मृत्युजन्य क्षतिपूर्ति वा क्रिया खर्च नै। परिवारको गुनासो छ— “दोषी खुलेआम हिँडिरहेका छन्, हामी भने न्यायका लागि भौँतारिनु परेको छ।” सोही दुर्घटनामा घाइते भएका अर्का व्यक्ति राम जिनिस साह अझै पनि उचित उपचारबाट वञ्चित छन्।

 

मृतकका छोरा राजेश यादवका अनुसार घटनापछि स्थानीय नेताहरूले लास नै प्रहरी कार्यालय अगाडि राखेर आन्दोलन गर्ने तयारी गरिरहेका परिवारलाई सम्झाएर क्षतिपूर्ति दिलाउने वाचा गरेका थिए। तर हाल आएर ती नेताहरूले फोनसमेत नउठाउने गरेको राजेशको गुनासो छ।

 

पीडित पक्षले राज्यले गम्भीरता नदिएको र प्रहरीले मुद्दालाई अदालतमा नपठाई सशस्त्र प्रहरीले दबाब दिएर मिलाउने प्रयास गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले भनेका छन्, “यदि हामी गरीब, सर्वसाधारण जनता भएकै कारण यस्तो अपमान सहनुपरेको हो भने, हामी अब चुप बस्नेवाला छैनौं।”
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।