उपचार अभावमा जीवन र मृत्युको दोसाँधमा तेह्रथुमका दुलाल, सहयोगको अपिल

तेह्रथुम, २५ जेठ । तेह्रथुम जिल्ला फेदाप गाउँपालिका-२ का ४५ बर्षिया महाप्रसाद दुलाल अहिले जीवन र मृत्युको दोसाँधमा छन्।

 

उनी आन्द्रा बटारिने (Intestinal Obstruction) जस्तो जटिल र पीडादायी रोगले ग्रस्त छन्, जुन रोग समयमै शल्यक्रिया नगरे ज्यान गुमाउने अवस्था समेत देखा पर्न सक्छ।

 

महाप्रसादको रोग ६ महिना अघि पनि देखिएको थियो। गाउँघरबाट चन्दा, ऋण र छरछिमेकको सहयोगमा जुटाइएको रकमले बिराटनगरस्थित नोबेल अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएको थियो। उपचारपछि उनी केही समयका लागि सामान्य भए पनि रोग फेरि बल्झिएको छ। अहिले आन्द्राको अर्को भागमा समस्या देखिएको र तत्काल पुनः शल्यक्रिया आवश्यक परेको चिकित्सकहरूले बताएका छन्। पुरानो ऋण अझै तिर्न नसकिएको महाप्रसाद बताउँछन्। उनी भन्छन्, “हातमुख जोर्नै कठिन भएको बेला उपचारको अर्को चरण सुरु गर्नु मेरो लागि सम्भव छैन।”

 

महाप्रसादको अझै पीडादायक पक्ष भनेको उनको पारिवारिक पृष्ठभूमि हो। महाप्रसादका ८० वर्षीय बुवा लेखप्रसाद दुलाल आफैं घुँडाको समस्याले थला परेका छन्। तीन वर्षअघि श्रीमतीको मृत्यु भएपछि महाप्रसादमाथि १४, ११, ८, र ३ वर्षका छोरा–छोरीहरू तथा ८० वर्षीय बुबाको जिम्मेवारी परेको छ। परिवार चलाउनु, सन्तानको हेरचाह गर्नु, वृद्ध बुबाको सेवा गर्नु र गम्भीर रोगसँग लड्नु, यी सबै एकसाथ धान्न सक्ने क्षमता अहिले नरहेको महाप्रसाद बताउँछन्।

 

उनी केही सहयोग लिएर फेरि बिराटनगरको नोबेल अस्पताल पुगेका छन्, तर आर्थिक अभावले उपचार थाल्न सकेका छैनन्। उनका वृद्ध बुबा लेखप्रसाद भन्छन्, “छोराको उपचार कसरी गरौं? म आफैं जीवनको अन्त्यतिर छु,” भन्दै टोलाउँछन्। उनी थप्छन्, “रोग, दुख, र अभावले हाम्रो घरमा आँधी आएको छ।”

 

महाप्रसाद अहिले जीवनका लागि लडिरहेका छन्। उहाँको उपचारमा तपाईंले गर्ने सानो सहयोग पनि एक जीवनको आशा बन्न सक्छ।  सहयोग गर्न चाहनुहुने महानुभावहरूका लागि विवरण:

 

खातावालाः HARI PRASAD DULAL

बैंकः EVEREST BANK LTD.

शाखाः ITAHARI

खाता नम्बरः 00800501205573

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖