अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले

अहमदाबाद, ३० जेठ । अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् । 

 

सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ ।

 

प्रधानमन्त्री मोदीले अहमदाबाद विमान दुर्घटनाका एक मात्र बाँचेका विश्वकुमार रमेशलाई पनि अस्पतालमा भेटेका थिए। प्रधानमन्त्री मोदीले रमेश विश्वकुमार रमेशको हात समातेर हौसला दिए । यस क्रममा विश्वकुमार रमेशको अनुहारमा राहतको भाव देख्न सकिन्थ्यो । 

 

विश्वकुमार रमेशले भने, ‘मेरो आँखा अगाडि सबै भयो तर म कसरी बाँचेँ, मलाई नै थाहा छैन । केही समयको लागि म पनि मर्छु कि जस्तो लाग्यो तर जब मेरो आँखा खोल्यो, म जीवित थिए। मैले मेरो सिट बेल्ट हटाउन खोजे। यसपछि म त्यहाँबाट निस्किएँ । एयर होस्टेस र अन्य मानिसहरू मेरो आँखा अगाडि मरे। टेकअफ पछि ५–१० सेकेन्ड भित्र सबै कुरा भयो।’

 

बोइङ ७८७ ड्रिम लाइनरमा २४२ यात्रु र चालक दलका सदस्य सवार रहेको उक्त यात्रु विश्वकुमार रमेश आफ्नो भाइसँग लण्डन जाँदै थिए । अहमदाबाद सिभिल अस्पतालको ट्रमा वार्डमा कार्यरत डा. शारिक एमले रमेशलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताए।

 

बिहीबार दिउँसो अहमदाबाद एयरपोर्टबाट उडान भरेको केही मिनेट मै लन्डनका लागि उडेको एयर इन्डियाको विमान यहाँको मेडिकल कलेज क्याम्पसकाे हाेस्टेल माथी दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको आशंका गरिएको छ ।

 

अहमदाबाद एयरपोर्टमा अवतरण गरे लगत्तै प्रधानमन्त्री मोदी मेघानीनगर घटनास्थल पुगेका थिए। जब विमान यहाँ खस्यो, त्यसपछिको अवस्था के थियो भनेर उनले थाहा पाए । यस क्रममा प्रधानमन्त्री मोदी निकै गम्भीर र दुःखी देखिन्थे । प्रधानमन्त्री मोदीले विमान खसेपछि आगो लागेको भवनसमेत हेरेका छन् ।

घटनास्थल पुगेपछि प्रधानमन्त्री मोदीले अवस्थाको जानकारी लिएका थिए । यसपछि प्रधानमन्त्री मोदीले पनि अस्पताल गएर घाइतेहरुलाई भेट्नसमेत लागेका छन् । मोदीले दुर्घटनाको समीक्षा बैठक पनि गर्नेछन्। यस अवधिमा उनले दुर्घटनादेखि अहिलेसम्मको हरेक अपडेट लिनेछन्।

 

बोइङ ७८७ ड्रिमलाइनर (एआई १७१) सहरको सिभिल अस्पताल र बीजे मेडिकल कलेज क्याम्पस, सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको घण्टौं बितिसक्दा पनि मृत्यु हुनेको संख्याबारे आधिकारिक जानकारी आएको छैन।

विमानमा दुई पाइलट र १० चालक दलका सदस्यसहित २४२ जना सवार थिए। एयर इन्डियाका अनुसार विमानमा सवार २३० यात्रुमध्ये १६९ भारतीय, ५३ बेलायती, एक क्यानडाली र सात पोर्चुगिज नागरिक थिए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।