तेह्रथुमकी सेमिहाङमा ‘साफ गेम’ खेल्न बंगलादेश जाँदै

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–३ स्थित साविक जलजले–४ तोक्माकी सेमिहाङमा लिम्बु (पङ्धाक) ‘साफ महिला च्याम्पियनसिप २०२५’ खेल्न बंगलादेश प्रस्थान गर्न लागेकी छन्। उनले हालै सम्पन्न छनोट प्रक्रियाबाट उत्कृष्ट प्रदर्शन गर्दै नेपाली राष्ट्रिय महिला टिममा स्थान सुरक्षित गरेकी हुन्।

बुबा टट ब. लिम्बु (पङ्धाक) र आमा मेनुका देवी कुरुम्बाङ (पङ्धाक लिम्बु)की कान्छी छोरी सेमिहाङमा खेलकुदप्रतिको रुचि र लगावका कारण छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुग्न सफल भएकी हुन्।

फेदाप–३ को मुनाल क्लबबाट फुटबल यात्राको सुरुवात गरेकी सेमिहाङमाले पहिलोपटक जिल्लास्तरीय प्रतियोगितामा सहभागी भई आफूलाई प्रमाणित गरेकी थिइन्। त्यसपछि उनले बागमती क्लबबाट लिग टुनामेन्टहरूमा सहभागी हुँदै आफ्नो प्रतिभा विस्तार गर्न थालिन्। लगत्तै उनले KTM Nepal FC र SNFA League जस्ता प्रतिष्ठित क्लबमार्फत पनि खेलेकी छन्।

उनले २०८१ माघ ७ गते भुटानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिन्, जुन खेल बराबरीमा टुंगिएको थियो। त्यसपछि फागुन १७ गते इलाममा सम्पन्न अर्को अन्तर्राष्ट्रिय खेलमा पनि सहभागी भइ नयाँ उचाइ छोएकी थिइन्।

हाल उनी नेपाल पुलिस क्लब (NPC) बाट खेल्दै आएकी छन्। यिनै सिलसिलामा उत्कृष्ट प्रदर्शन गर्दै उनले २०८२ असार ९ गते ‘साफ गेम’का लागि आयोजना गरिएको छनोटमा स्थान बनाएकी हुन्। यससँगै उनी नेपालको प्रतिनिधित्व गर्दै बंगलादेशमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा सहभागी हुने पक्का भएको हो।

२०६३ कात्तिक २५ गते जन्मिएकी सेमिहाङ्माले सानो उमेरमै देखाएको प्रतिबद्धता र निरन्तरताले नेपाली महिला फुटबलमा नयाँ आशाको रुपमा हेरिएको छ। गाउँस्तरबाट सुरु भएको उनको यात्रा अहिले अन्तर्राष्ट्रिय मैदानमा प्रवेश गरिरहेको छ, जसले तेह्रथुमको गौरव मात्र होइन, सम्पूर्ण लिम्बु समुदाय र देशको गौरव बढाएको हो ।-रेडियो आठराई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖