दशैँको फूलपातीमा रिलिज हुने ‘माईतीघर’ बिक्यो अष्ट्रेलियामा

इटहरी । यतिबेला फिल्म माईतीघर को धमाधम पोस्ट प्रोडक्सन भइरहेको छ । यो फिल्मको हालसम्म अफिसियल पोष्टर, टिजर, ट्रेलर तथा गीत लगायतका प्रोमोसनल कन्टेन्ट केही सार्वजनिक भएको छैन । तर, यसको हाईप भने निकै बढेको बुझ्न सकिन्छ । मिलन तामाङ निर्देशित र रोहित अधिकारी निर्मित बहुप्रतीक्षित यो फिल्म ‘माइतीघर’ ले विदेशी बजारमा धमाका मच्चाउन सुरु गरेको छ ।

आगामी दशैंको फूलपातिबाट एकैसाथ विश्वव्यापी रूपमा प्रदर्शन हुने तयारीमा रहेको यो फिल्मको अस्ट्रेलिया राइट्स निकै महँगो मूल्यमा बिक्री भएसँगै यसको अन्तर्राष्ट्रिय चर्चा र यात्रा सुरु भएको छ ।

अस्ट्रेलियाको हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामी र प्रकाश गैरेले खरिद गरेको यो अधिकारसँगै फिल्मको लगानीको ठूलो हिस्सा सुरक्षित भएको निर्माण टिमले जनाएको छ । पोस्टर नआउँदै गरिएको यस्तो ठुलो डिलले फिल्मप्रति वितरकको भरोसा र बजारको उत्सुकता झल्काउँछ । निर्माता अधिकारीका अनुसार, अन्य देशहरूमा पनि फिल्मको बिक्री प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ ।

कथावस्तु, कलाकारको जमघट र निर्माण पक्षको परिश्रमले गर्दा फिल्मको अन्तर्राष्ट्रिय माग उल्लेख्य रूपमा बढेको बताइएको छ । सुसन प्रजापतिको छायांकनमा निर्माण भइरहेको ‘माइतीघर’ मा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माताका रूपमा छन् । फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देलको अभिनय रहनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖