बागमतीका १३ जिल्लाको बिचमा ब्याडमिन्टन प्रतियोगिता सुरू

भरतपुर, २८ असार ।  चितवनमा आज देखी कर्मचारी क्षमता अभिवृद्धि तालिम तथा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ ।

 

चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा उक्त प्रतियोगित हुन लागेको हो ।

कार्यक्रमको बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गर्नेछन् । तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट खेलकुद बिकास समितिका कर्मचारीहरु सहभागी हुनेछन् ।

 

उनीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

यस्तै, आज नै मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता पनि हुनेछ । जसमा २४ टोली सहभागी हुने समितिका कार्यालय सचिव रामजी ढकालले जानकारी दिए ।

 

युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशबाट ३, बागमती प्रदेश खेलकुद बिकास परिषदबाट ४, प्रदेश युवा परिषद हेटौंडाबाट १ तथा चितवन जिल्ला खेलकुद बिकास समितिबाट २ टिम हुनेछ ।

यस्तै बागमती प्रदेशकै अन्य १२ जिल्ला खेलकुद बिकास समितिबाट एक-एक टिम सहभागी हुनेछन् । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖