पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक आज पत्रकार सम्मेलन गर्दै
काठमाडौ । आज दिउँसो ३ बजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक पत्रकार सम्मेलन गर्दैछिन् ।
सक्रिय राजनीतिमा फर्किएको घोषणापछि एमालेले उनको पार्टी सदस्यता नवीकरण नगरेर रोक लगाएको थियो।
एमालेको केन्द्रीय कमिटी बैठकले मंगलबार भण्डारीको सदस्यता अमान्य घोषित गर्दै पार्टी राजनीतिमा सहभागी हुन रोक लगाउने निर्णय गरेको थियो।


