पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष भण्डारीको आब्हान

काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले पार्टी सदस्यता नविकरण गरिसकेको बिषय अनावश्यक बिबादमा ल्याएको बताएकी छिन् ।

 

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालै बसेको आफ्ना बारेमा एमाले केन्द्रिय समितिले गरेको निर्णय ‘अपरिपक्व’ भएको भन्दै नेतृत्वको कुनै लालसा नभएको पनि बताएकी छिन् ।

 

‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन, मैले बोलेको पनि थिइन, सञ्चारमाध्यममा ल्याइए पछि यो कुरा बोल्न बाध्य भएको हुँ’ उनले भनिन्। 

 

एमालेको सदस्यको रूपमा ४५ वर्ष देखी काम गरिरहेको जनाउँदै उनले फेरी पार्टी प्रति प्रतिबद्द भएको जानकारी दिइन । ‘त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,’ उनले भनिन्।

 

‘म सबै साथीहरूलाई पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनका लागि आग्रह गर्दछु,’ उनले भनिन्, ‘पार्टी बनाउन म र मजस्ता हजारौंको हात छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖